१० पुस २०८२ बिहीबार
image/svg+xml
कला

'कबड्डी कबड्डी' को प्रोमो सार्वजनिक

काठमाडौं – निर्देशक रामबाबु गुरुङको 'कबड्डी' को सिक्वेल 'कबड्डी कबड्डी' को प्रोमो सार्वजनिक भएको छ। सोमबार राजधानीको मण्डला थिएटरमा आयोजित कार्यक्रममा 'कबड्डी कबड्डी' फिल्मको प्रोमो सार्वजनिक गरेका छन्।

'यसअघिको 'कबड्डी' भन्दा 'कबड्डी कबड्डी'ले दर्शकलाई मनोरञ्जन दिनेमा आशावादी छु,'निर्माता निश्चल बस्नेतले भने। निर्देशक रामबाबु गुरुङले निर्देशन गरिरहेको रोमान्टिक कमेडी 'कबड्डी कबड्डी' मा राजनीतिक पृष्ठभूमिमा थपिएको छ। फिल्मलाई निर्देशक गुरुङ र कवि उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेका हुन्। २५ दिने फिल्मको सुटिङ राजधानी र मुस्ताङमा गरिएको थियो। सिनेमा आर्टको ब्यानरले फिल्म निर्माण गरेको हो। फिल्म आगामी मंसिर ११ रिलिज हुदैछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई र सौगात मल्ल लगायतले बोलेका थिए । फिल्ममा सौगात मल्लसहित दयाहाङ राई, रिश्मा गुरुङ, निश्चल बस्नेत, बुद्धि तामाङ, विजय बराल, अरुणा कार्की र जुनु बिष्ट लगायतले अभिनय गरेका छन् । सिनेमेट्रोग्राफर शैलेन्द्रकार्कीले फिल्म खिचेका हुन् । फिल्मलाई सुनिलचन्द्र रौनियार र रौनकविक्रम कँडेलले निर्माण गरेका छन् । कुमार महर्जनको द्धन्द्ध र रोहित शाक्यको संगीत दिएका छन् ।

प्रोमो हेर्नुहोस्

प्रकाशित: ४ आश्विन २०७२ ०७:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App