८ असार २०८१ शनिबार
image/svg+xml
कला

वसन्त श्रेष्ठको ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक

कवि वसन्त श्रेष्ठको संस्मरणात्मक कृति ‘अँगालोभरिको अनुभूति’ सार्वजनिक गरिएको छ। उक्त कृति शनिबार काठमाडौँमा एक समारोहका बीच संस्कृतिविद् तुलसी दिवसले लोकार्पण गरेका हुन्। कवि मणि लोहनीद्वारा सञ्चालित विमोचन कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए।

उक्त कार्यक्रममा कवि तथा साहित्यकारहरू विश्वविमोहन श्रेष्ठ, श्रीओम श्रेष्ठ, हरि अधिकारी, प्रमोद प्रधान, राधेश्याम लेकाली, भागीरथी श्रेष्ठ, लव गाउँले, राजेन्द्र सलभ लगायतको उपस्थिति थियो। कृति साहित्यपोस्ट डट कमले प्रकाशन गरेको हो। कार्यक्रम साहित्यपोस्ट डट कमका सम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: १४ जेष्ठ २०७९ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App