१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ।

आउँदो महिना असार ३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेका हुन्। फिल्मको सार्वजनिक पोस्टर र टिजरमै स्वस्तिमामा देखिएको कर्णाली ‘लुक्स’ ले चर्चा पाएको थियो। कर्णालीको जीवन, त्यहाँको रहनसहन, श्रीमान् वैदेशिक रोजगारमा गएपछिको भोगाइ र स्वस्तिमाको संघीय राजधानी काठमाडौँसम्मको यात्रालाई समेटेर चलचित्र तयार पारिएको छ। ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन्।

विदेशबाट आएको शवलाई गाउँ पुर्‍याउने यात्रा फिल्ममा देखाइने छ। कार्यक्रममा अभिनेत्री खड्काले विभिन्न किसिमका महिलाहरुको परिचय दिने बताइन्। फिल्मको पात्रले महिलाहरुको सबैखाले समस्या देखाउने बताइन् त्यस्तै अभिनेता विपिन कार्कीले निर्देशकले नयाँ आयाममा फिल्म बनाएको भन्दै निर्देशक दीपेन्द्र के खनालको प्रशंसा गरे।

फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ। दीर्घ खड्काले सम्पादन गरेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन बीसी, सञ्जोग रसाइली लगायतका कलाकारले पनि अभिनय गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०७९ १४:२४ सोमबार