६ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नवलपुरमा पल शाह, अदालतमा सकियो बयान

पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर जिल्ला अदालतमा उपस्थित गराईएको छ। नबालिग गायिकालाई जर्बजस्ती बलात्कार गरेको अभियोगमा थुनामा रहेका शाहलाई बयान र थुनछेक बहसका लागि तनहुँ कारागारबाट नवलपुर लगिएको हो।

मंगलबार जिल्ला अदालतले शाहको बयान लिएको छ। जिल्ला न्यायाधीस अर्जुन अधिकारी समक्ष उनले बयान दिएको जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए। ‘बयान सकिएको छ। बुधबारदेखि थुनछेक बहस सुरु हुन्छ,’ उनले भने। अधिकारीको एकल इजालसमा थुनछेक बहस सुरु हुनेछ।

पलको तर्फबाट नौ जना कानुन व्यवसायीले बहस गर्नलाई वकालतनामा दर्ता गराएका छन्। जाहेरवालाको तर्फबाट मंगलबारसम्म कसैले पनि वकालतनामा दिएका छैनन्। यद्यपि पीडितका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। ‘बहस सुरु हुनु अगाडीसम्म वकालतनामा दिन सकिनेछ,’ उनले भने।  

गएको चैत ३ गते सरकारी वकिलको कार्यालय नवलपुरले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गर्दै मुद्दा दायर भएको हो।

तनहुँ कारागारमा रहेका शाहलाई बयान र थुनछेक बहसका लागि अदालतले पत्राचार गरेपछि नवलपुर पठाइएको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए। ‘अदालतको प्रकृया अनुसार थुनछेक बहस सकिएपछि फेरि तनहुँ कारागार ल्याइनेछ,’ उनले भने।

जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजालसले पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो। जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन्। उच्च अदालतले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरेको छ।

प्रकाशित: २२ चैत्र २०७८ १५:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App