२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

घिमिरेका तीन कृति लोकार्पण

त्रिभुवन विश्वविद्यालय, पद्मकन्या बहुमुखी क्याम्पस पत्रकारिता, संस्कृत र हिन्दी विभागको आयोजनामा पुस्तक लोकार्पण तथा छलफल कार्यक्रम सम्पन्न भयो।

विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा डा. हेमनाथ घिमिरेका ‘छातीभित्र देश दुख्दा, ‘महिना र ऋतु’ तथा ‘बादलपानी’ तीन कृति लोकार्पण गरिएको हो।

त्रियासी वर्षकी आमा इन्दिरा ज्ञवाली, लेखक हेमनाथ घिमिरे, सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, डा. हरिहर खनाल, लेखककी श्रीमती लीलामाया घिमिरे लगायले कृति लोकार्पण गरिएको हो। वक्ता रामबाबु सुवेदीले ‘छातीभित्र देश दुख्दा ’ कविता संग्रहका कवितामा घनीभूत रूपमा देशप्रेमको भावना आएको बताए।

गायक सुदर्शन राणाले हेमनाथका गीत गाए। लक्ष्मी घिमिरे, शिवन्या भट्टराई र सान्त्वना तिमिल्सिनाले कविता वाचे। डा. शेखरकुमार श्रेष्ठ, प्रकाश लामिछाने, अनुपमा रेग्मी, विजयराज भट्टराई र रामचन्द्र न्यौपानेले लेखकलाई शुभकामना दिए।

लेखक हेमनाथले पुस्तकका सम्पादक ज्ञाननिष्ठ ज्ञवाली, प्रकाशक लीलामाया घिमिरे र उपस्थित सबैलाई धन्यवाद दिंदै साहित्यमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन कवि रञ्जना निरौलाद्वारा गरिएको थियो।

प्रकाशित: १४ चैत्र २०७८ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App