१२ असार २०८१ बुधबार
image/svg+xml
कला

र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को शुभारम्भ

नेपालको पहिलो र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को शुभारम्भ भएको छ। इमेज च्यानल र डि म्युजिक टिभीमा एकसाथ प्रसारण हुने कार्यक्रमको मंगलबार साँझ शुभारम्भ भएको हो।

‘नेपहपको श्रीपेच’लाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रतियोगितामा निर्णायकको भूमिकामा गिरिश खतिवडा, बालेन र मानस घले रहेका छन्। त्यस्तै, कार्यक्रममा मेन्टरको रुपमा मिस्टर डि, डेइजेन, कवि–जी र भ्योमा रहेका छन्। मंगलबारबाट प्रसारण भएको कार्यक्रमलाई सुजता श्रेष्ठले सञ्चालन गरेकी छिन्।

कार्यक्रमलाई सुदिप पोखरेल र रोशन श्रेष्ठले कार्यकारी रुपमा निर्माण गरेका छन्। कार्यक्रममा ८ हजारभन्दा धेरै प्रतियोगीहरुको भिडियो प्राप्त भएको बताइएको छ। उनीहरुमध्ये छानेर फिजिकल अडिसनमा प्रतिस्पर्धा गरेका प्रतियोगीहरुको प्रस्तुतिलाई प्रसारण गरिनेछ।

कार्यक्रममा विजेता बन्नेले १० लाख नगद पुरस्कार र विश्वभर सांगीतिक भ्रमण गर्न पाउने पुरस्कार राखिएको छ। त्यस्तै, दोस्रो हुने प्रतियोगीलाई ५ लाख नगद पुरस्कार र विश्वभर सांगीतिक भ्रमणको पुरस्कार प्राप्त हुनेछ।

प्रकाशित: २९ फाल्गुन २०७८ १०:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App