पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ।
राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका कारण भर्चुअल माध्यमबाट गरिएको थियो। यस महोत्सवमा ३८ देशका ८९ चलचित्रहरुबीच प्रतिष्पर्धा हुनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, लामा छोटा, डकुमेण्ट्री तथा एनिमेटेड चलचित्रहरुको ७ वटा विधिको प्रतिष्पर्धामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै अभिनेता निर शाहले पहिलो संस्करण भन्दा यता परिष्कृत भएर आइरहेको बताए। उनले यस महोत्सवले नेपाली चलचित्रको क्षेत्रलाई थप शिक्षित बनाएको पनि बताए।
यसपटक चलचित्र हलमा भौतिक रुपमा प्रदर्शन हुने र अनलाइन माध्यमबाट पनि प्रदर्शन हुनेछ। यो महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सशक्त फिल्म उत्सव हुने आयोजकको विश्वास छ। महोत्सवमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम पनि आयोजना गरिनेछ। नेपाल अन्तर्राष्ट्रि चलचित्र महोत्सवको आयोजनामा हुन लागेको यो महोत्सव पाचौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हो।
प्रकाशित: १६ फाल्गुन २०७८ १२:०६ सोमबार





