२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

याद आउँछ हरेक पल भुल्ने छैन कहिल्यै

मुक्तक

माया उपाध्याय

१) मुक्तक

याद आउँछ हरेक पल भुल्ने छैन कहिल्यै,

कतै पहाड कतै समथल भुल्ने छैन कहिल्यै।

जिन्दगीमा यात्राले जति उचाइ लिए पनि,

आफूले टेकेको धरातल भुल्ने छैन कहिल्यै।

 २) मुक्तक

जिन्दगी दिनेहरूको जिन्दगी केर्न सकिएन,

साहुको ऋणले घर खेत गएको हेर्न सकिएन।

सारा रहरहरू बगाएर पनि परदेशी माटोमा,

आमाको पटुकी बा’को कछाड फेर्न सकिएन।

३) मुक्तक

यसैगरी भए अटेरी देश बेच्न सक्छन्,

मति भ्रष्ट हुँदाखेरि देश बेच्न सक्छन्।  

सचेत हुनुपर्छ नेपाली जनताहरू सधैं,

विश्वास छैन मौका हेरि देश बेच्न सक्छन्।

  ४) मुक्तक

काँडामा टेकी दुखाएर पैतालो यत्तिकै तड्पिनुपयो,

आस मात्रै देखियो आएन पालो यत्तिकै तड्पिनुपयो।

केके नै हुन्छ भनी बलेको बत्तीमा होमिए पुतली बनेर,

न हरायो अँध्यारो न छायो उज्यालो यत्तिकै तड्पिनुपयो।

  (५) मुक्तक

छचल्किन सक्छ पोखिन सक्छ सम्हाल्न आउनु हजुर,

झुल्के घाम बादलले छोपिन सक्छ सम्हाल्न आउनु हजुर।

चैन छैन् कत्ति निरन्तर यादले पोलिरहेको छ यो मुटुमा,  

चल्दाचल्दै धड्कन रोकिन सक्छ सम्हाल्न आउनु हजुर।

प्रकाशित: १५ फाल्गुन २०७८ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App