१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश

मुक्तक

नानीमैया दाहाल

१) मुक्तक

परार वस्त्र बेचिदिएछ उसले आमा बेसरी रुनुभएछ,

पोहोर परेड खेलाएछ छातीमा लुकेर पीडा धुनुभएछ।

यसपालि त प्रियसी खुसी पार्न मुटु नै बेचिदिएपछि,

जीवनरक्षाका लागि आमा भेन्टिलेटरमा भर्ना हुनुभएछ।

  २) मुक्तक

घरको मुहार फेर्न मैले उसलाई अगुवा चुनें,

खापा फेर्ला,छानो छाउला यस्ता थुप्रै आशा बुनें।

बेइमानी पो रहेछ ऊ, आफ्नो स्वार्थ सिद्धि गर्न–

छिमेकीलाई मझेरीको माटोको बेचेको पो सुनें।

  ३)मुक्तक

फर्की आऊ बन्दाबन्दी अब खुलिहाल्छ,

खनीखोस्री असार रोपौं मंसीर झुलिहाल्छ।

पत्थरमा सीप खोपौं काठमा चाहिं कला,

सिर्जनाको हिरामोती यतै फुलिहाल्छ।

४) मुक्तक

आफ्नैबाट लुटिंदा–लुटिंदा अब त निरीह भएछ देश,

छिमेकीको कठपुतली बन्ने खतरातिर गएछ देश।

भए तापनि हिमाल,पहाड र तराईको विशाल क्षेत्र,

बालुवाटारको पिंजडाभित्र थुनिएको रहेछ देश।

५) मुक्तक

ब्राम्हणवादी चिन्तन र शैली फेरौं,

समताको अभ्यास गरेर हेरौं।

नबढाऊ विभेद नरोजौं विखण्डन,

मिलौं देश बचाउन सबै स्वार्थ सेरौं।

प्रकाशित: १३ फाल्गुन २०७८ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App