४ असार २०८१ मंगलबार
image/svg+xml
कला

युद्धप्रसाद मिश्र स्मृति पुरस्कार मानवी र आचार्यलाई

प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको नाममा स्थापित युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रगतिशील साहित्यकार शान्त मानवी र शेषमणी आचार्यलाई प्रदान गर्ने भएको छ।

प्रतिष्ठानको हालै बसेको बैठकले सो दुई वर्षको पुरस्कार यस वर्ष एकै पटक प्रदान गर्ने निर्णय गरेको हो। प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलका अनुसार पुरस्कार वितरणका लागि युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले गठन गरेको पुरस्कार छनौट समितिका संयोजक डा. फणीन्द्रराज निरौला (उपाध्यक्ष युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान) तथा सदस्य साहित्यकार राम विनय (अध्यक्ष साहित्य सन्ध्या) र साहित्यकार सुलोचना मानन्धर (पूर्व प्राज्ञ, नेपाल प्रज्ञा प्रतिष्ठान) सदस्य रहेको पुरस्कार छनौट  समिति गठन गरेको थियो। सोही समितिको सिफारिसको आधारमा उनीहरुलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।  

हरेक वर्ष  प्रदान गरिँदै आएको युद्धप्रसाद मिश्र स्मृति पुरस्कार भोली शुक्रबार प्रदान गर्ने भएको हो। ‘समितिको सिफारिसअनुसार यस युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले २०७७ सालको पुरस्कार सङ्घर्षशील नारी प्रतिभा शान्ता मानवी (अर्घाखाँची) र २०७८ सालको पुरस्कार साहित्यकार शेषमणि आचार्य ९तनहुँ० लाई प्रदान गर्ने निर्णय गरेको छ’ अध्यक्ष पौडेलले भने।  

यसअघि साहित्यकारहरु पूण्यप्रसाद खरेल, गोपीरमण उपाध्याय, नारायण शर्मा, सिस्नुपानी नेपाल, भैरव रिसाल लगायतलाई प्रदान गरिएको थियो।

प्रकाशित: ५ फाल्गुन २०७८ ०३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App