१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

नागरिककर्मी ठकुरीलाई पितृ शोक

नागरिककर्मी अनिल मल्ल ठकुरीलाई पितृ शोक परेको छ।

अनिलका ८५ वर्षीया पिता दल बहादुर मल्ल ठकुरीको सोमबार राति १२: २० मा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो।

केही समयदेखि अस्वस्थ रहेका दल बहादुरको स्वास्थ्यमा थप समस्या देखिएपछि तीन दिन अघि अस्पताल भर्ना गरिएको थियो। दल बहादुरको श्रीमती ललिता मल्ल ठकुरी, दुई छोरीहरू अनिता र सुशीलाका साथै छोराहरू अनिल र सुनिल छन्।

अनिल टि–२० वल्ड कपको समाचार सङ्कलनका क्रममा अमेरिकामा रहेकाले उनी स्वदेश फर्के लगतै दल बहादुरको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने अनिताले जानकारी दिइन्। दल बहादुरको शव अहिले शिक्षण अस्पतालमै राखिएको छ।  

प्रकाशित: ४ असार २०८१ १७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App