५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

कराँते खेलाडी एरिकासँग शिरिष फाउण्डेसनको एक वर्षे सम्झौता

चीनको हान्चाउमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङ र शिरिष फाउन्डेसनबिच सम्झौता भएको छ।

मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच फाउण्डेसनले एरिकासँग एक वर्षका लागि सम्झौता गरेको हो । फाउण्डेसनका अध्यक्ष शिरिष गुरुङ र एरिकाले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतासँगै एरिकाले एक वर्षसम्म मासिक १५ हजार रुपैयाँ, खेल सामग्री र प्रदर्शनको आधारमा थप प्रोत्साहन पुरस्कार प्राप्त गर्नेछिन्।

पौडीको एक सफल खेलाडीका रुपमा रहेका शिरीष गुरुङको नाममा उक्त फाउण्डेसन सन् २०१७ मा स्थापना भएको हो। एरिका फाउन्डेसनसँग जोडिने तेस्रो खेलाडी हुन् । यसअघि  फाउण्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरसँग सम्झौता गरेको थियो। 

प्रकाशित: ४ असार २०८१ १७:३० मंगलबार

#Shirish Foundation #19th Asian Games #Karate player Erica Gurung #Boxing