५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

बाह्र वर्षमा लाग्ने मकर मेला भर्न गइयो

गजल

तारा केसी

  १) गजल

प्राचीन सूचीमा परेको हाम्रो पनौती,

देव गणले मायाप्रेम छरेको हाम्रो पनौती।

 

बाह्र वर्षमा लाग्ने मकर मेला यहाँ,

स्वर्गका इन्द्रले तपस्या गरेको हाम्रो पनौती।

 

महाभारतको लेक, नमोबुद्वको तपस्या भूमि,

हरियाली प्रकृतिले प्राण भरेको हाम्रो पनौती।

 

भूकम्प पनि जाँदैन भन्छन् यहाँ मान्छेहरू,

बहत्तरको कम्प पनि टरेको हाम्रो पनौती।

 

गोरखनाथलाई साक्षी राखी युगौंदेखि,

पुण्यमती भेट्न रोशी झरेको हाम्रो पनौती।

 

    २) गजल

दुःखकष्ट पखाल्न पुण्य नदी तर्न गइयो,

बाह्र वर्षमा लाग्ने मकर मेला भर्न गइयो।

 

घुम्दै सचितीर्थ त्रिवेणी धाम मन्दिरतिर

इन्द्रेश्वर ब्राम्यणीको दर्शन गर्न गइयो।

 

मनुष्य जीवनको केही भर छैन हजुर!

शरणमा भगवानको पाउ पर्न गइयो।

 

यमरी चटामरीको स्वादमा रमाउँदै,

मनका पीर–व्यथा सबै हर्न गइयो।

प्रकाशित: २८ माघ २०७८ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App