५ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

लहर

कविता

लक्ष्मण थापा

 

तिम्रो यादको झ्यालबाट

मैले परपरसम्म हेरें

सोनक्लिपका किनारमा

सम्झनामा लहर आइरहे, गइरहे

किनारको बालुवामा

लेखिएको थियो तिम्रो नाम

एउटा लहरसँगै बगेर गयो

मैले टोलाएर हेरिरहें

सपाट बालुवाको मैदान

तिम्रो नाम बोकेर गएको लहर

यतिबेला कहाँ पुगेको होला?

के त्यही लहर फर्केर आउला?

वा अथाह समुद्रको

अथाह जलराशिमा बिलाउला!

कथंकदाचित् फर्केर आयो भने,

‘के त्यो लहर

तिम्रो नामसँगै

त्यही ठाउँमा फर्केर आउला?

प्रकाशित: १४ माघ २०७८ ०४:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App