रमेशजंग सिजापति
बद्लिएन घामपानी हेर खुलेन अझै क्षितिज,
खुलेन आकाश वसन्तमा झुल्केन तारा नजिक।
हाँसेनन् कहीं कतै मन यस्तै छ यहाँको हाल,
लाग्छ बन्दैछ आँगन अझै तीव्र चाल देख्दा खाल।
बुझ्दा कामकुरो उस्तैउस्तै कस्तो होला त बिहानी,
सपना जो मीठो तर्केर गयो बेहाल भो जिन्दगानी।
बदलिएन परिवेश कसैगरी उहीं नै छ घामपानी,
सुख पर्खी बस्दाखेरिमा गयो एकबारको जिन्दगानी।
प्रकाशित: १३ माघ २०७८ ०५:१० बिहीबार