१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

मुटुसँग मुटु नै किन सिलाएर गयौ?

मुक्तक

गंगा खड्का

  १) मुक्तक

देखाएर ठूला सपना बिलाएर गयौ,

जिउँदै मर्ने गरी विष पिलाएर गयौ।

आफ्नै दुनो सोझ्याउनु थियो भने निष्ठुरी,

मुटुसँग मुटु नै किन सिलाएर गयौ?

  २) मुक्तक

आजकाल त सपनीमा पनि हरायौ,

दुनियाँको सामु घुँडा टेकेर डरायौ।

पिरतीले उल्टै रोगी बनाउँछ भन्ने,

अनुभवको मलाई आभास गरायौ।

 ३) मुक्तक

करोडौं रहर तिम्रा लागि साँचेकी थिएँ,

तरबारको धारमा हिँडी बाँचेकी थिएँ।

तिम्रो मायाको काकाकुल बनेर सदैव,

अलौकिक सपनाको डाली भाँचेकी थिएँ।

 ४) मुक्तक

कहिलेकाहीं गहुँसँगै निर्दोष घुन पिसिँदोरैछ,

कहिलेकाहीं मीठो मुस्कानमा पीडा नि मिसिँदोरैछ।

अहंकारको मेघ मडारिन थालेपछि जिन्दगीमा,  

कहिलेकाहीं गाढा सम्बन्ध नराम्ररी चिसिँदोरैछ। 

प्रकाशित: ७ माघ २०७८ ०४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App