७ असार २०८१ शुक्रबार
image/svg+xml
कला

गिद्ध बाबा

लघुकथा

पुण्य कार्की

तीन घण्टादेखि तम्मासको नाराबाजी चलिरहेको छ। जिल्ला प्रहरी कार्यालयको गेटैअघि दुई थरीको जुहारी भैरहेको छ। दाँयातिर सिद्ध बाबाका भक्तभक्तिनी छन् भने बायाँतर्फ बलात्कारको सिकार भएकी महिलाका पक्षधर मानिसहरू छन्।

दायाँ पक्ष भन्छ, ‘सिद्ध बाबा निर्दोष छन्! निर्दोष छन्! निर्दोष छन् !’

बायाँ पक्ष भन्छ, ‘सिद्ध बाबा गिद्ध हो! ढोंगी बाबा चाहिंदैन, चाहिंदैन!’

दायाँ पक्ष भन्छ, ‘गिद्ध साधु नथुन! सिद्धलाई रिहाइ गर, रिहाइ गर!’ 

बायाँ पक्ष भन्छ, ‘गिद्धलाई फाँसी दे! पाखण्डीलाई कारबाही गर! कारबाही गर!’

दायाँ पक्ष भन्छ, ‘सिद्ध बाबा राम हुन्! धर्मको रक्षा गर! बाबालाई मुक्त गर!’

बायाँ पक्ष भन्छ, ‘गिद्ध सिद्ध हराम हो! बलात्कारीलाई कारबाही गर! पीडितलाई न्याय दे!’

एक भक्तिनीलाई मध्यरातमा आफ्नै कोठामा दीक्षा दिन बोलाई करणी गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ बाबालाई। बाबा विरामीको नाटक गरी अस्पताल भर्ना हुन खोजिरहेछन्।

अधिकारकर्मी र पीडित पक्षधरहरू बलात्कारको सिकार भएकी महिलालाई न्याय दिलाउन ज्यान दिएर डटेका छन्। यता सिद्धका भक्तजन पनि सिद्धलाई जोगाउन लिट्टी कसेर सडकमा उत्रिएका छन्।

न्यायालय र प्रहरी कार्यालयको ढोकाअघि दिनै नाराबाजी हुँदै छ। उता अस्पतालमा भएको सिद्ध अस्पतालबाट कसोकसो तानावाना बुनेर जोगमुनि नाकाबाट भारततिर भागेको हल्ला आउँछ। नारा लगाइरहेका अधिकारकर्मी आक्रोशमा आगो फाल्छन् भने भक्तभक्तिनीहरू भने सिद्धको तान्त्रिक चमत्कारदेखि गदगद् छन्।

प्रकाशित: ३ माघ २०७८ ०८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App