१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

प्यार गरेर नि एक्लै रहनु यो के हिसाब हो

गजल

त्रिविक्रम पाण्डे

तिम्रो मनमा जे उदाउँछ त्यही तिम्रो घाम हो,

आफ्नै लागि त जो कोही यहाँ बा‍ँच्छ, यही ठूलो काम हो।

मेरो बानी केही ठीक छ केही खराब छ,

प्यार गरेर नि एक्लै रहनु यो के हिसाब हो।

जसले मच्चायो अशान्ति ऊ नै अब शान्ति चाहन्छ,

मेरो मनको सवालको के तिम्रो यही जवाफ हो।

पानी मात्रै छैन तिम्रा आँखामा पीडाको नि बाढी छ,

जसको केही पाना फाटेको छ, जीवन त्यही किताब हो।

तिम्रो मनमा जे उदाउँछ त्यही तिम्रो घाम हो,

आफ्नै लागि त जो कोही यहाँ बा‍ँच्छ, यही ठूलो काम हो।

प्रकाशित: १ माघ २०७८ ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App