६ आश्विन २०८३ मंगलबार
image/svg+xml
कला

सुरभिको १३२औँ आख्यान वाचन कार्यक्रम सम्पन्न

सुरभिको १३२ औँ नियमित आख्यान वाचन कार्यक्रम ढोल्खा धारो कुटी काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल, प्रमुख आतिथ्य कणाद महर्षि र विशिष्ट अतिथिका युवराज मैनाली र अतिथिको भूमिकामा प्रह्लाद चालिसे थिए।

कार्यक्रममा सुशील आचार्य, रामकुमार पण्डित, रन्जु खनाल, रन्जना पराजुली, अच्युत घिमिरे, विश्व कुइकेल, युवराज मैनाली, कणाद महर्षि, रामचन्द्र खतिवडा, सुरेश सुवेदी, प्रमोद प्याकुरेल आदिले कथा, लघुकथा एवं सूत्रकथा सुनाएका थिए।

प्रतिष्ठानका सदस्य प्रमोद प्याकुरेलले वाचित रचनाहरूको समीक्षा गरेका थिए। कार्यक्रम सञ्चालन सहसचिव मेनका आचार्यले गरेकी थिइन्। सभापति बाजुराम पौडेलले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै कार्यक्रम समापन भएको आख्यानकार रामकुमार पण्डितले बताए।

प्रकाशित: १९ पुस २०७८ ०६:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App