२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

मैले घुमेको रमणीय ठाउँः पोखरा

प्रशंसा भण्डारी

साँच्चै घुमफिर गर्न कसलाई मनपर्दैन होला र? मलाई पनि  नयाँनयाँ ठाउँतिर घुम्न, त्यसको अवलोकन गर्न र त्यो ठाउँबारे जान्न निकै रहर लाग्छ। सोही क्रममा म लगायत मेरो परिवार पोखरा घुम्न गएका थियौं। मेरो फुपू दिदी पोखरामै बस्ने भएकाले उहाँलाई भेटेर पोखरा घुम्ने हाम्रो कार्यक्रम रहेको थियो।

हामी सबैले हाम्रोे गाडीको यात्रालाई निकै रमाइलो बनाएका थियौँ। जाने क्रममा हामी सबैले त्यहीँ गाडी रोकेर मनकामना दर्शन गरेका थियोैं। हामी केवल कारमा चढेर त्यहाँ पुगेका थियौं। त्यो अनुभव मलाई निकै रमाइलो र रोचक लागेको थियो। त्यसैगरी हामीले गोर्खा कालिकाको पनि दर्शन गरेका थियौं।

मेरो सम्पूर्ण परिवार गएकाले हामीले गाडी रिजर्भ गरेका थियौँ। नाच्दै, गाउँदै, खाँदै, हाँस्दै, र रमाउँदै फुपूको घरमा पुगेको पत्तै भएन। पोखरा गण्डकी प्रदेशको राजधानी हो। यो कास्की जिल्लामा पर्दछ र यो निकै नै सुन्दर ठाउँ हो। यहाँ धेरै पर्यटक घुम्न आउने रहेछन्।

फुपूको घर पुगेपछि दिदीकै घरमा पहिलो रात र दिन बितायौँ। बिहान सबेरै उठ्दाको त्यो चिसो हावाले चराहरूको चिरबिरले मलाई एकदमै खुसी बनायो। त्यसमाथि माछापुच्छ्रे हिमालको दृश्यले मेरो मन नै लोभ्यायो।

दोस्रो दिन खाना खाएपछि हामीले पोखराको चर्चित फेवाताल घुम्ने निधो गर्यौं फेवाताल देखेर मेरो मन फुरुङ्ङ भयो। त्यहाँ मान्छेहरू पनि धेरै थिए।

विभिन्न सानोठूलो डुंगा पनि थिए। हामी पनि टिकट काटी डुंगामा चढेर फैवातालमा घुम्यौं। फेवातालको बिचमा तालबारही मन्दिर रहेछ। हामीले त्यहाँ पनि गएर दर्शन गरेका थियौँ। त्यहाँ गएर मैले बुझ्न पाएकी फेवातालको पानी एउटा ड्यामबाट गएर पाताले छाँगो झरना बनेर खस्दो रहेछ। यो झरना हेर्न पनि हामीले टिकट काट्नुपर्ने रहेछ।

पाताले छाँगोलाई डेभिज फल पनि भनिन्छ। एउटा विदेशी डेभिज नामक व्यक्ति त्यहाँ जाँदा खसेकाले यसको नाम डेभिज फल राखेको रहेछ। द्वारकोे ठिक पल्लोपट्टि गुप्तेश्वर गुफा थियो। त्यहाँ पनि हामी गयौँ।

पहिला त मलाई जान निकै डर लागेको थियोे तैपनि त्यहाँभित्र गएपछि मेरो सबै डर हराएकोे थियो। त्यहाँ विभिन्न मन्दिर थिए। मैले ती मन्दिरहरूमा पनि दर्शन गरे। त्यहाँ एउटा कुवा पनि थियो। त्यो कुवाको पानी पाताले छाँगोबाट आएको मान्यता थियो।

त्यसपछि खाजा खाएर हामी घर फर्कियौं र दिदीकै घरमा आजै एक दिन बिताएर त्यसको भोलिपल्ट घर फर्कदै गर्दा हामी तनहुँमा रहेको छाप्दी बराहीमा पनि गएका थियौं। त्यहाँका माछाहरूलाई हेरी खाना खुवाई हामी आफ्नै प्यारो घर फक्यौं।

दिदीसँगैै बसेर समय बिताउने, बस्ने र कुराहरू गर्ने र अरू विभिन्न ठाउँ घुम्ने रहर त थियो तर हामीसित पर्याप्त समय नहुँदा बाध्य भई त्यत्तिकै फर्कियौं। बेग्नास ताल, महेन्द्र गुफा, चमेरी गुफा, रूपाताल, माटेपानी गुम्बा, बसुन्धारापार्क, काउडाडा भ्यू टावर, सराङकोट टावर, भिमसेन मन्दिर, हलनचोक आदि पोखराको हेर्नैपर्ने ठाउँमा गनिन्छ। त्यसैले पनि होला पोखरामा धेरै पर्यटक आउने गर्छन्।

पोखरा हाम्रो देशको एक पर्यटकीयस्थल भनेर चिनिएको छ। मेरो दिदीको घर पोखरामा भएकाले पनि होला मलाई यति धेरै भ्रमणीयस्थलको बारेमा थाहा भएको तर मैले पनि यी सबै ठाउँको भ्रमण गरेकी छैन।

चाँडै  सबै ठाउँको अवलोकन गर्ने मेरो सपना छ। पोखरा साँच्चै निकै सफा र सुन्दर ठाउँ हो भन्ने मैले बुझें। यो यात्राले मलाई पोखराको बारेमा जान्न अवसर दियो। म अरूलाई पनि पोखरा जान सुझाव दिन चाहन्छु किनभने यसले हामीलाई घुम्ने मौकाका साथसाथै पोखरा जस्तो अति नै सुन्दर र शान्त ठाउँको जानकारी पनि दिन्छ। यो यात्रा सधैं मेरो मनमस्तिष्कमा रहनेछ।

कक्षा –९,

विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय,स्वयम्भू, काठमाडौँ।

प्रकाशित: १७ कार्तिक २०७८ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App