२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कुहिरोहरू

कविता

सोनाम सज्जन किराती

सेता  कुहिरोहरू

एकाबिहानै उठेर

शीतहरूलाई

जगाउँछन्

र हिमालको काखतिर

डुल्छन्

त्यो अमर प्यासहरूलाई मेटेर

फेरि अक्सिजन 

फेरि हावा

अनि समुन्द्री छालसँग टकराएर

कुहिरो बन्छन्

एउटा असल जीवनचक्र  

यसरी नै घुमिरहन्छ

जस्तो लाग्छ।

प्रकाशित: १३ कार्तिक २०७८ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App