कवि,नियात्राकार एवं समालोचक प्रदीप सापकोटाको मुक्तक संग्रह 'मनको वारपार 'तथा कवि पुर्णबहादुर श्रेष्ठको मुक्तक संग्रह 'पुर्णपात्र'को यही कार्तिक ५ गते एक समारोह बिच शुक्रबार लोकार्पण गरिएको छ।
काभ्रेको साहित्यको उर्वर भूमि पनौतीमा समकालीन साहित्य प्रतिस्ठान बेलायतको आयोजनामा नगरपालिका सभा हलमा एक भव्य समारोह विच सम्पन उक्त कार्यक्रम आयोजक सस्थाका महासचिव समालोचक डा.लेखप्रसाद निरौलाको अध्यक्षता एवं पनौती नगर प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा वरिष्ठ कवि मोहन दुवाल, कवि एवं पनौती साहित समाजका अध्यक्ष राम सुन्दर देउजा,साहित्यकार,कवि सुर्यप्रसाद लाकोजु लगायतले शुभकामना मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख भिम न्यौपानेले बधाई व्यक्त गर्दै साहित्यको विकासको निम्ति नगरपालिका जहिल्यै साथ सहयोग गर्न तयार रहेको बताए।
धेरैले मन पराउने मानिएको विधा मुक्तकका लोकार्पण गरिएका “मनको वारपार“को बारेमा टिप्पणी समालोचक डा.लेखप्रसाद निरौला तथा 'पुर्णपात्रको बारेमा टिप्पणी साहित्यकार सुर्य लाकोजुले गरेका थिए। मनको वारपारमा १सय १ वटा समसामयिक राजनीतिक दुरावस्था,प्रेम विछोड,अभाव,अमानवीयता आदि बिषयवस्तु समेटिएका सचित्र मुक्तकहरू समाबेश छन भने अर्को कृति पुर्णपात्रमा १ सय ११ वटा विभिन्न विषयवस्तु केन्द्रित मुक्तकह समावेश गरिएका छन।
कवि नरेन्द्रकुमार नगरकोटीले सन्चालन गरेको उक्त लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य पनौती नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले गरेका थिए भने लोकार्पण गरेका कृतिका स्रस्टाहरूले मन्तव्य राखेका थिए।
विशिष्ट अतिथि साहित्यकार मोहन दुवालले शुभकामना व्यक्त गर्दै काभ्रेली स्रष्टाको मुक्तक संग्रह थपिएकोमा खुशी व्यक्त गरे।अर्का वक्ता पनौती साहित्य समाजका अध्यक्ष रामसुन्दर देउजाले आफ्नो मुक्तक सहित शुभकामना व्यक्त गरे। लोकार्पण कार्यक्रममा थुप्रै कवि, साहित्यकारको जमघट रहेको थियो।
प्रकाशित: ६ कार्तिक २०७८ ०२:२८ शनिबार