हार्दिक न्यौपाने
मेरो छैमलेको यात्रा यसरी शुरु हुन्छ। आमाले शनिबार आमाले घुम्न लैजान्छु भन्नुभएको थियो। आमाले पोखरी लाने भन्नुभयो। पोखरी माछा समाउन मिल्ने होला भन्ने लागेको थियो। तर त्यहाँ माछा समाउन मिल्ने रहेनछ। तैपनि मलाई रमाइलो भयो। किनभने पोखरीमा माछालाई चारो खुवाउन पाइयो।
माछालाई चारो खुवाएर बाहिर आयौं। बाहिर आएर लेजसेज, आइसक्रिम खाइयो। त्यो पोखरीको नाम टौदह थियो। पोखरीबाट हामी अगाडि नै आउने होला भन्ठानेको तर हामी उतै गयौं। यता फर्केनौं। बाबाले सरप्राइज अझै बाबकी छ भन्नुभयो। अनि त्यसपछि अझै माथि गयौं, अझै माथि गयौं। दक्षिणकाली मन्दिर आएपछि नमस्कार गर है भन्नुभयो आमाले। अझैअझै गयौं। बाटोमा मैंले ठ्याक्क छैमले रिर्साट देखियो। म आहा, छैमले भने कानको जाली फुट्ने गरी कराएँ अझै स्कुटर अर्काे बाटो लाने हो कि भनेर डराएको थिएँ तर आमाले स्कुटर रिर्साटतिरै घुमाउनुभयो। ओहो म निकै खुसी भएँ।
छैमले रिर्साेटको भर्याङ चढ्दै चढ्नै माथि गयौं। रिसेप्सनमा गएर चाबी ल्याएर हामी कोठातिर गयौं ।कोठामा बाल्कोनी थियो। बाल्कोनीमा बसेर फोटो खिच्नुभयो। बाल्कोनीबाट म्याक्सिम रुख नासपातीकै देखियो। मैंले दुइटा नासपाती पनि टिपें। बाल्कोनीमा गएर मैंले बाबाको भन्दा पनि राम्रो फोटो खिचिदिए। त्यहाँ जंगल थियो। जंगलमा चरा पनि कराए। म भित्र गएर बेडमा उफ्रिए। बेडमा उफ्रेर मैंले झण्डै छानो छोइदिएको।
खाजा पनि खायौं। त्यहाँ झरना झरिरहेको फाउन्टेन थियो। भोलिपल्ट भयो। नास्ता खाएर हामी हिंड्न लागेका थियौं। छैमले रिसोर्टको अनर विजय श्रेष्ठ आउनुभयो। त्यहाँ गफ गर्यौं। म कहाँ बसकोको थिएँ। पोखरीको फाउन्टेन आफैं चल्यो। बाबाले तिमीले छोएर फाउन्टेन चल्यो भन्नुभयो। म छक्क परेर हेरे। आमाले चाहिं फाउन्टेन चलेको होइन, स्वीच अन गरेर खोलको हो भन्नुभयो। अनि मेरो छैमलेको यात्रा यसरी समाप्त भयो। दुई दिनको यात्रा यति थियो। यो पनि धेरै यात्रा हो।
मलाई घुम्न मन पर्छ। अनि छैमलेमा निकै मजा आयो। हामी रमाइलोका लागि घुम्न जान्छौं। घरमा अनलाइन क्लास हुन्छ। स्कुल पनि गइन्छ। त्यसको बोझ हाम्रो दिमागमा पर्छ। हामी त्यो स्ट्रेसलाई दिमागबाट झिक्न घुम्न जान्छौं। धन्यवाद।
कक्षा–३,
अक्षरा स्कुल, काँडाघारी, काठमाडौं।
प्रकाशित: ९ आश्विन २०७८ ०४:४९ शनिबार





