coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

माया थियो जो कहिल्यै करारसम्म पुगेन

त्रिविक्रम पाण्डे

    १) मुक्तक

हर दिलमा राखे रहने बानी छ मेरो,

जे परेको चूपचाप सहने बानी छ मेरो।

जति नै ठूलो गहिरो घाउ लागे पनि,

उति नै मीठो मुस्कुराउने बानी छ मेरो।

      २) मुक्तक

इमानको नामसँग अपरिचित थिए,

धोका पाएर सायद चिन्तित थिए।

मैले इमानदारी देखाएँ त थाहा पाएँ

देउता भेटेझैं उनी पुलकित थिए।

     ३) मुक्तक

आँखालाई जब कसैको हो चाहना हुन्छ,

उसैलाई हेर्ने कुनै न कुनै बहाना हुन्छ।

कसरी भुल्न सकिन्छ र हृदयमा बसेकालाई,

जब माया नै जीवनको अमूल्य गहना हुन्छ।

     ४) मुक्तक

जसको परेली यहाँ आँसुले भिझेको छैन,

नभन्नू उसलाई कुनै काँडा बिझेको छैन।

तिमी तड्पीतड्पी रोयौ त के भयो?

पीडा लुकाई नठान्नू कोही हाँसेको छैन।

 ५) मुक्तक

माया थियो जो कहिल्यै करारसम्म पुगेन,

सम्झौता मेरो कहिल्यै बजारसम्म पुगेन।

हुन त उनीसँग धेरै भनाभन भयो मेरो,

तर यो सिलसिला कहिल्यै प्यारसम्म पुगेन।

प्रकाशित: १ आश्विन २०७८ ०३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App