२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

एलपी पराजुलीका छेस्काहरू

छेस्का

एलपी पराजुली

 

भाग्यको भर

डोकोमा दुध

अडेको छ र?

 

कुरीति बोकी

हिँड्नाले हामी  

पछौटे हो कि?

 

भोगमा लिप्त

मूर्ख मनुष्य  

आयु संक्षिप्त।

 

धर्म र जाति  

भेदको अस्त्र

साह्रै नजाति!

 

स्वार्थले घेर्दा  

देखिन्छ खोट

ईर्ष्याले हेर्दा।

 

मिल्नेथ्यो लय  

कुराझैं काम

गरेको भए!

 

झुठो अड्दैन  

तातो पानीले

घर डढ्दैन।

 

स्यावासी पाए

हलो काटेर

मुंग्रो बनाए।

 

अन्यायी टिक्छ

निष्ठा र न्याय

सजिलै बिक्छ।

 

इज्जत ठुलो  

मनको शान्ति

हुन्छ गुनिलो।  

– कपन, काठमाडौं।

प्रकाशित: २८ भाद्र २०७८ ०८:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App