१५ चैत्र २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

६२ विद्यार्थीले देखाए प्राकृति प्रेरित फेसन

प्राकृतिकबाट प्रेरित भएर नमुना कलेज अफ फेशन टेक्नोलोजीका विद्यार्थीले फेशन डिजाइनरको यात्रालाई अगाडि बढाएका छन्। ‘नमुना कलेज अफ फेशन टेक्नोलोजी’  (एनसीएफटी)ले आयोजना गरेको २०औँ ग्र्याजुएसन फेसन शोमा स्नातकका चौथो वर्षका विद्यार्थी डिजाइनरको कला प्रस्तुत गरिएको थियो ।  

फेसन डिजाइनका सिर्जना प्राकृतिकबाट प्रेरित भई तयार पारिएको सहभागीले बताएका छन् ।  

No description available.

शनिबार ललितपुरस्थित ‘द प्लाजा’ मा नमुना कलेज अफ फेशन टेक्नोलोजी द्धारा आयोजित फेशन शो सम्पन्न भयो। शोमा ६२ जना विद्यार्थीहरुको सृजनशीलतालाई प्रस्तुत गरिएको थियो। जसमा नेपालको विविध प्राकृतिक भूपरिदृश्य तथा जैविक विविधताको सौन्दर्यलाई समकालीन फेसनमार्फत प्रभावकारी ढङ्गले प्रस्तुत गरियो।

कार्यक्रमको औपचारिक सुरुवात नमुना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानी शोभा तुलाधरले गरेकी थिइन् । शोमा मोडल र एनसीएफटीका विद्यार्थी गरी ३२ जना मोडलले डिजाइनरको सिर्जनालाई आकर्षक ढङ्गले प्रस्तुत गरेका थिए ।

No description available.

शोमा छ वटा संग्रहलाई केन्द्रमा राखिएको थियो । जसमा पहिलो नेपालीयम जहाँ बरफले आफ्नो बहाव भेट्छ, हिमनदी र जलप्रवाहलाई समेटियो। दोस्रो इरिडेसन्ट शेल्स जसमा विभिन्न कवचहरुलाई आफ्नो सिजर्नामा डिजाइनर्सले उतारे। तेस्रो भने आवरण मृत्तिकाः जसमा माटोभित्र चल्ने प्राकृतिक प्रक्रियालाई विषयवस्तु बनाए। 

अर्को भने एभियोराः जसमा सुन्दर निलो कलरको पहिरनमा हिमालको सौन्दर्यतालाई आफ्नो डिजाइनमा समेटेका थिए । रेड लिस्ट रिभेरीः संग्रहमा संकटग्रस्ट वन्यजीवलाई केन्द्रमा राखियो। अन्तिम संग्रह भने वनस्पति कुसुमः मा लालीगुराँस, अर्किड, कमल र लिली जस्ता फूलहरूको सौन्दर्यलाई कलात्मक रूपमा अभिव्यक्त गरेका थिए ।

No description available.

यो शोमा डिनाइनर्सले आफ्नो सिर्जनशिलता तथा विविधतालाई सौन्दर्यतामा परिणत गरे। प्रत्येक सङ्ग्रहको अन्त्यमा प्रस्तुत गरिएको ‘मास्टरपिस’ डिजाइनले डिजाइनरको अवधारणा र सिर्जनात्मक यात्राको सारलाई प्रतिनिधित्व गरेको थियो ।

कलेजकी प्रिन्सिपल तुलाधर, मिस नेपाल इन्टरनेसनल २०२५ उरुषा भण्डारी तथा मिस नेपाल कज्मो २०२५ दिपशिखा नेपालले कार्यक्रमको संयुक्त उद्घाटन गरे ।  

विद्यार्थी डिजाइनरको सिर्जनालाई मूल्याङ्कन गर्ने निर्णायक मण्डल थियो । निर्णायक मण्डलमा सीटीईभीटीका पूर्वउपाध्यक्ष डा. कुलबहादुर बस्नेत, पद्मकन्या बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख प्रा. डा. जयलक्ष्मी प्रधान, साखः ग्रुपका अध्यक्ष किरण प्रकाश साखः, फेसन शिक्षाविद् राजेन्द्र सिंह, फेयर–ट्रेड ग्रुप नेपालका डा. सुनिल चित्रकार, फेसन डिजाइनर मुक्ता श्रेष्ठ र मनिश राई, तथा मिस सुप्रानेसनलका नेशनल डाइरेक्टर एवं मिस्टर नेपाल २०१९ डा. सन्तोष उपाध्याय थिए।

No description available.

प्रकाशित: १५ चैत्र २०८२ १६:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App