‘हामी सबै यो पुस्तक पढेर हुर्किएका हौं तर आज पनि यो पुस्तक उत्तिकै नयाँ लाग्छ किनकी पुस्तकले उस बेला उठाएको विषय आजपनि हाम्रा सामु यतथावत छ,' झाले भने।
निर्देशक प्रभाकर देव शर्माले पनि खण्डकाव्यको सन्देश आज पनि गुञ्जन आवश्यक रहेकाले पुनः मञ्चन गरिएको बताए।
‘हिजो नेपालीहरु श्रमका लागि ल्हासा जान बाध्य थिए र त्यहाँ हैजा लागेर थला पर्न बाध्य थिए। आज नेपालीहरु गल्फ मुलुक जान्छन् र त्यहाँबाट पनि त्यसैगरि कि त शरीर कि त आत्मविश्वास गुमाएर आउँछन्। नाटकको सान्दर्भिकता आज पनि उत्तिकै छ भन्ने लागेर पुनः मञ्चन गरेका हौं,' शर्माले भने।
नाटक शुक्रबारदेखि साउन ५ सम्म नियमित रुपमा मञ्चन हुनेछ। सांस्कृतिक संस्थानकै कलाकारहरुको अभिनय रहेको नाटक शुक्रबारदेखि भने ‘कि इन्टरटेनमेन्ट' किनेको छ। निर्देशक शर्माले ‘कि इन्टरटेनमेन्ट'ले आठ लाखमा एकमुष्ट रुपमा नाटक किनेको जानकारी गराए।
नाटकमा प्रभाकर देव शर्मा, शारदा सिलवाल, अन्जु रञ्जित, सीता कार्की,माया थापा,मनोज जोशी,पुरन थापा,मिसन थापा,सामना आदि कलाकारको अभिनय रहेको छ। हरेक दिन ५ बजे मञ्चन हुने नाटकको टिकट मूल्य सय,दुईसय,तीन सय र पाँच सय राखिएको छ। धन कमाउने बाध्यतामा परिवार कसरी बिखण्डित हुन्छ भन्ने कुरालाई नाटकले मुना र मदनको प्रेमकथा मार्फत् प्रष्ट पारेको छ। खण्डकाव्य विं सं १९९२ मा प्रकाशित भएको हो। गीति नाटकमा चन्द्र राज शर्माको संगीतमा नारायण गोपाल र तारादेवीको स्वर रहेको छ।
प्रकाशित: ६ असार २०७१ ०१:३८ शुक्रबार





