coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

काठमाडौंमा चित्रकला प्रदर्शनी सुरु

कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी सुरु भएको छ। इ आर्ट्स नेपालको आयोजनामा आज (सोमवार) देखि आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी सुरु भएको हो ।  

कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताए। उनले कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सिमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित आयोजना चित्रकला प्रदर्शनी गरिएको बताए।

प्रदर्शनीमा व्यावसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताए। प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरु उपस्थित रहेको बताए।

चित्रकला प्रदर्शनीमा सहभागि चित्रकार सञ्जु श्रेष्ठले अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितीमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुसी महशुस गरेको बताईन्। उनले यसरी भौतिक उपस्थितीमै गरिने प्रदर्शनीले चित्रकारहरुमा शक्ति, जोश र जाँगर आउने बताईन्।

हरेक वर्षको दशैँअघि गरिँदै आएको चित्रकला प्रदर्शनीमा कोरोना भाइरसको डरले यसवर्ष धेरै जना ठूला चित्रकारहरुलाई समेट्न नपाइएको उनले बताईन्। आज (सोमवार) भाद्र १४ गतेबाट सुरु भएको चित्रकला प्रदर्शनी भाद्र २० गते आईतवारसम्म चल्नेछ।

प्रकाशित: १४ भाद्र २०७८ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App