१९ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

म अनि तिमी

कविता

 एनवी दाहाल नवीन 

 

हरेक समयका पलहरूमा  

तिम्रो र मेरो भेट अनमोल हुन्छ।

किनार हाम्रो छंदैछ  

तैपनि भेटने प्रयासमा छौं।

उचाइको सीमा नाप्दै  

चारैतिर उडिरहन्छौं।

तथापि भेट हाम्रो गाह्रो छ ।

बाध्यताका पहाडहरू अगाडि तेर्सिएका छ्न।

छेकिन्छौं हामी रोकिन्छौं हामी  

तैपनि भेटने अडानमा छौं।

समाजको बहसदेखि पनि डर छ।

किनकि भोलि कठोर निर्णय हुन सक्छ।

रैपनि भेटिन खोज्छौं ।

नियमकानूनका कठघरामा उभिन तयार छौं।

त्यति हुंदाहुदैं भए पनि हामिले  

विछोड पीडा खेपेकै छ।

घरपरिवारको निगरानी पनि  

हामीमा त्यतिकै छ रैपनि हामी

भेटिने प्रयासमा छौं ।

अब त के हुन्छ ? के हुन्छ ?

त्यो पनि हामीलाई थाहा छैन।

तथापि भेटिन सक्ने प्रबल  

चाहना छातीभरि सजाइरहेको छौं  

सजाइरहने छौं अनन्तसम्म  

 – कमल गाउँपालिका –२, दाहालगाउँ, झापा।

प्रकाशित: २ भाद्र २०७८ ०३:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App