२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

‘हल्लैहल्लाको देश’ सार्वजनिक

कविता सङग्रह ‘हल्लैहल्लाको देश’लोकार्पण गरिएको छ। भूगोल साहित्य समाजद्वारा प्रकाशित विनोद नेपालको सो कृति भर्चुअल माध्यमबाट साउन २६ गते सार्वजनिक भएको हो।

कृति सार्वजनिक गर्दै साहित्यकार किशोर पहाडीले नेपाली साहित्यमा लेखन र प्रकाशनको अवस्थाबारे प्रकाश पार्दै कृतिकारप्रति शुभेच्छा व्यक्त गरेका थिए भने साहित्यकारहरू वियोगी बुढाथोकी र धनराज गिरीले शुभकामना दिएका थिए।

कृतिकार विनोद नेपालले कार्यक्रममा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै कृतिमा समसामयिक विषयका ३२ कविता समावेश गरिएको बताए।

सार्वजनिक कृतिको आवरण कलाकार रमेश पौडेलले तयार गरेका हुन् । साहित्यका विभिन्न विधामा कलम चलाउने विनोद नेपालले ४० को दशकदेखि साहित्य सिर्जना गर्र्दै आएका छन्। यसअघि उनका ‘देश र विदेश’ नियात्रासङ्ग्रह तथा ‘गोदान’ लघुकथासङग्रह प्रकाशित भैसकेका छन्।  

‘हल्लैहल्लाको देश’मा सङग्रहित कविताहरूले सामाजिक विसंगतिहरू तथा समसामयिक घटनाक्रम जस्ता विषयलाई बोकेका छन्। कार्यक्रममा कृतिभित्रको कविता वाचन गरिएको थियो।

यो भूगोल साहित्य समाजले प्रकाशित गरेको दोस्रो कृति हो। समाजले गत वर्ष विनोद नेपालकै लघुकथासङ्ग्रह ‘गोदान’ प्रकाशित गरेको थियो। दुई वर्षअघि स्थापना भएको समाजले साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। कृतिकार नेपाल समाजका अध्यक्ष हुन्।

समाजका उपाध्यक्ष दिनेशविक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई कोषाध्यक्ष हरिश्चन्द्र गौतमले गरेका थिए। ओम आचार्यले शुभकामना दिएको सो कार्यक्रम सञ्चालन समाजका सचिव शैलेन्द्रकुमार शाहले गरेका थिए।

प्रकाशित: २७ श्रावण २०७८ ०६:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App