२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

स्कुटी सेवा

लघुकथा

दिलिप राई सगर

 

वर्षाको झम्के साँझ। म र बीरे दरबारमार्ग घुमेर रत्नपार्क हुंदै आउंदैथ्यौं आँखा डुलाउदै । सुनेकोथे – यताहुँदि यौनकर्मी पाउँछ।

–“दाइ जाने हो ?”

– “कति चार्ज ?”

– “ पन्ध्र सय । हल नाइट पाँच गज !” एउटीले भन्दै गरेको सुनियो। सडकछेउ स्कुटी रोकेर हेलमेट नखोली बोलेकाले अनुहार देखिएन । त्यो जवान स्कुटीमा चढ्यो र गयो।

ठमेल एरिया। अघिदेखि रंगीन बत्ती बलेर मान्छेहरूको चहलपहल हुँदैथ्यो। कैलो केस पारेका अर्धनग्न युवतीहरू पब, बार, क्याफे र मसाज भित्र सलबलिरहेका थिए। विदेशी संगीत जोडले बज्दैथे। मादक परिवेश जो कोहीले बेग्लै अनुभव लिन सक्छन्।

अर्को राति बीरेले कर गरेर घुम्न गयौं हामी। बाटाभरि युवतीहरूले छेक्दै सोध्थे। हामी एकएकओटी स्कुटीवाली लिएर गयौं तिनेरुको रुम। काम सकेर फर्कियौं पनि। मेरो त सात्तो उडेको थियो केटी लुगा खोल्दै । बाटामा फर्किंदा मैले सोधें बीरेलाई ,“ओई कस्तो सेवा दिई तिम्लाई ?”

“ ह्याः पैसा मात्र गयो यार ! बेकार आइयो” मुख बिगार्दै बोल्यो बीरे।  

“ किन, के भयो?”

“छक्का रहेछ नि केटी ! क्या क्युट देखेर गएको त !” मलाई पनि उस्तै क्षोप लागिरहेको थियो मनमा। कोठामा आएँ । खाना पनि रुचेन अनि आराखा दन्काएँ।

प्रकाशित: २४ श्रावण २०७८ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App