coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मोडलिङमै व्यस्त विकास

कर्ममा दृढ संकल्प ।आफ्नो चरित्र निर्माणमा उतिकै मिहिनेत।अभिनयप्रतिको उल्कै मोह। यही विशेषताका कारण मोडल तथा कलाकार विकास लामिछाने अलग परिचयसहितका मोडलको रूपमा चिनिन्छन्।

उनको अभिनय कौसलले गर्दा म्युजिक भिडियोमा पहिलो प्राथमिकतामा पर्छन्।आकर्षक व्यक्तित्वका कारण निर्देशकको पहिलो रोजाइमा पर्छन्,उनी।

विकास मोडलिङ सपना थियो।बाल्याकालमा अभिनय मनभित्र महसुस हुन्थ्यो, उनको। तर, अभिनयलाई नै आफ्नो कर्म बनाउँछु भन्ने लक्ष्य थिएन।

‘मेरा लागि म्युजिक भिडियो टाढाको कुरा थियो ।स्क्रिन देखिने रहर थियो। तर, यो फिल्डमा आफ्नो चिनजान कोही थिएन ।अभिनय मेरो बुताभन्दा बाहिर थियो’, उनले भने।

कैलालीबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए, विकास। काठमाडौंमा पढाइसँगै सञ्चार क्षेत्रमा आबद्ध भए ।काम गर्ने क्रममा विस्तारै कलाकारहरूसँग बाक्लो जमघट हुन थाल्यो, उनको। दैनिक सिनेमा र गीतसंगीतको कार्यक्रमा कलाकारहरूसँगको  भेटगाटले  कलाकारिताप्रतिको बुझाइ फराकिलो हुँदैन गयो।‘कैलालीको स्थानीय रेडियोमा काम गरेँ ।काठमाडौं आएपछि सञ्चार क्षेत्रमा काम गर्न थालेँ।मोडलिङ मेरो सपना थियो ।सम्भव छैन जस्तो लाग्थ्यो त्योबेला’, उनले भने, ‘सञ्चार क्षेत्रमा काम गर्दै गएपछि सबैसँग भेटघाट हुन थाल्यो। साथीहरूले म्युजिक भिडियोमा अभिनय गर्न प्रोत्साहन गर्न थाले।’

चार वर्षअघि म्युजिक भिडियोमा डेब्यु गरे विकासले। डेब्यु भिडियोमा नै सबैको वाहवाही पाए ।साथीहरूको पनि उत्तिकै माया पाए। त्यसपछि झनै ऊर्जा मिल्यो उनलाई।

अहिले विकासलाई पछाडि फर्केर हेर्नु परेको छैन ।एकपछि अर्काे म्युजिक भिडियोका लागि अफर आउँछ ।महिनामा आधा दर्जन भिडियोमा अभिनय गर्छन्। पछिल्लो केही वर्षयता खाली हात बस्नु परेको छैन ।निषेधाज्ञाको समयमा पनि उनको व्यस्तता कायमै रह्यो  

उनी अभिनित दर्जनौं गीत हिट छन्।‘मलाई अनुभूत हुन्छ, काम ठिकै गरिहरहेको छु ।आज यो स्थानमा आउनु दर्शक श्रोताहरूकै माया हो’, उनले भने।

दुई सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका विकासले केकी अधिकारी, रिमा विश्वकर्मा, वर्षा राउत, वर्षा शिवाकोटी, आँचल शर्मालगायत अधिकांश अभिनेत्रीसँग स्क्रिन सेयर गरिसकेका छन् ।‘कहिले भेट्ने खै’, ‘मेरो रानी बनिदेऊ’, ‘के दिऊँ खै’, ‘शून्य’, ‘एउटा कथा हो जिन्दगी’, ‘तिम्रो माया कति दिनलाई’,‘सोची हेर न लगायतगीतका भिडियो चर्चित छन्।

म्युजिक भिडियोमा प्रसस्त सम्भावना देख्छन्, विकास। अनुशासन र कामप्रतिको इमानदारी भयो भने कलाकारितामा टिक्न सकिने उनको बुझाइ छ।

‘मोडिङ क्षेत्रमा इमानदारका साथ लाग्नुपर्छ।राम्रो छ काम गर्न सक्यो भने ।निरन्तर लागिपरे टिक्न सकिन्छ’, उनले भने’ ‘काम गर्छु भनेर मात्रै हुँदैन, कामप्रतिको सर्मपण चाहिन्छ नै त्योसँगै अनुशासन पनि उत्तिकै चाहिन्छ ।’

गीत मन पराउनु र नपराउनु पूर्वानुमान गर्न नसकिने उनको अनुभव छ।

‘कतिपय गीतमा धेरै मेहनत गरे पनि परिणाम खासै राम्रो आउँदैन।सामान्य मिहिनेत गरेको गीतलाई दर्शक मन पराइदिन्छन्’, उनले भने ।

यस्ता गीतहरू ह्वात्तै ट्रेन्डिङमा आउनेभन्दा पनि बिस्तारै भ्युज कमाउँदै जाने र सदाबहार गीतअन्तर्गत पर्छन् भन्ने उनको बुझाइ छ। उनलाई योबीचमा चलचित्र अफर पनि नआएका होइनन् ।तर, उनलाई अझै काममा निखारता ल्याउनु छ अनि मात्रै चलचित्र अभिनय गर्ने सोच बनाएका छन्, उनले ।हतारमा निर्णय गर्ने कुनै योजना नरहेको उनको भनाइ छ।

‘अहिले नै गलत निर्णय लिनु हुँदैन ।करियर नै यो कलाकारितामा  समर्पण गर्नु छ ।यसका लागि राम्रो काम गरौं भन्ने सोच छ’, उनले भने ।

प्रकाशित: २३ श्रावण २०७८ ११:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App