५ कार्तिक २०७८ शुक्रबार
कला

हिलोले खाएको हातमारातो तिउरी

अक्षैर्मा दीव्यः कृषिमित् कृषस्वः वित्तेरमस्य बहुमन्यमानः।

तत्र गावः कितव तत्र जाया तन्मे विचष्टे सवितयमर्यः।।  

ऋग्वेदमा उल्लिखित उक्त पंक्तिले बताउँछन् कि जुवा नखेल, खेती गरर सम्मान साथ धन कमाऊ, कृषिले नै सम्पत्तिर मेधा प्रदान गर्दछ। कृषि नै मानव जीवनको आधार हो।  

प्रत्येक वर्षको साउनले यही कृषि, किसानर मेहनतलाई स्मरण गराउन खोजेको हुन्छ। मानोरोपेर मुरी उब्जाउने असार महिना सकिएर उत्सवर फुर्सद मनाउने महिना हो, साउन। त्यसो त, हरियाली साउन, भगवान् शिवको आराधनाको महिना, व्रतर उपासना आदि प्रसंग जोडिएर आउने साउन महिना बर्सेनि फरक पहिरन, शृंगार र सिर्जनात्मक हुँदै गएको छ। सायद विकासका क्रममा यो स्वाभाविक पनि होला। आजकल साउनकै लागि भनेर तयार पारिएका पहिरन, हरिया पहेँला सारी, कुर्ता सुरुवाल, चुरा, पोते, मेहेन्दीर शृंगारका सामानको उपलब्धता देख्दा आर्थिक व्यापारिक उन्नतिर मानिसकारचनात्मक सोचको प्रशंसा गर्नैपर्ने हुन्छ। 

मन्दिर परिसरमा प्राप्त हुने पूजाका सामग्री त्यसरी नै परिष्कृत हुँदै गएका छन्। हातमा पैसा छ भने खुसी दिने सामान जति पनि छन् भन्ने भान दिलाउँछन्। हामी सानो हुँदा भोलि साउने संक्रान्ति छ भने आजदेखि नै हजुरआमाले फूल, बेलपत्र ल्याउनर छिमेकमा गएर गाईको दूध ल्याउन अह्राउनुहुन्थ्यो। दिदीबहिनीलाई कामको बाँडफाँड गरिदिनुहुन्थ्यो। उता, हजुरबुबाले लुतो फाल्ने सामग्री जोल्टेका फल, अगुल्टो सल्काउने मोटामोटा दाउराका टुक्रार विभिन्न वनस्पति जम्मा गर्न लगाउनुहुन्थ्यो। सामग्री जोहोर हातमा लगाउने तिउरी पिस्ने आदि तयारीमा दिन बित्थ्योर साँझ पर्नेबित्तिकै टाढाटाढा छिमेकीले समेत लुतो फालेका अगुल्टाको उज्यालो हेर्न आतुर भएर हजुरआमा हजुरबुबाको वरिपरि झुम्मिन्थ्यौँ हामी केटाकेटीहरू। जति विकसितर सभ्य रूपमा आफूलाई सजाउँदै गए पनि बाल्यकालका अर्गानिक याद अरू ताजा बनेर आउँदारहेछन्।  

साउनर प्रकृति पूजन  

साउने संक्रान्तिको दिन लुतो फ्याँक्नेर हातमा तिउरी लगाउने प्रचलनले प्रकृति पूजनसँग प्रत्यक्ष सम्बन्धराखेको बुझ्नुपर्छ। साउने संक्रान्तिको दिन लुतो फ्याँक्न भनेर संकलन गरिने भलायो, कुकुर डाइनो, लुतेझार, पानीसरो,रातोपाते लगायत औषधिजन्य वनस्पतिको प्रयोगले वनस्पतिजन्य उत्पादनको महत्वलाई दर्शाउँछ। यी सबै वनस्पतिर फलफूल जम्मा गरी कण्डारकराक्षसको पूजा गरी बलेको अगुल्टो बालेर, डाँडा कटाउँदै लुतो फाल्ने प्रचलनले वर्षात्को संक्रमणर कीटाणुलाई आगो बालेर नष्ट गरिएको वैज्ञानिक आधार पनि मान्न सकिन्छ। कण्डारकराक्षसको पूजालाई मानिसभित्ररहेकोराक्षसी प्रवृत्ति अर्थात् नकारात्मक प्रवृत्तिलाई शान्त पार्ने मनोवैज्ञानिक उपचारको रूपमा पनि मान्न सकिन्छ। साउने संक्रान्तिकै दिन पूजा गर्न भनेर संकलन गरिने जोल्टे कागती, निबुवा, अम्बा, अनार, नासपाती लगायत प्रसाद स्वरूपका फलफूल यो दिन पूजा गरेपछि ग्रहण गर्न योग्य मानिन्छ। कर्कलो, करेला, काँक्रो लगायत हरिया तरकारी यही समयमा बढी प्रयोग हुने हुँदा मौसम अनुसारका वनस्पति, फलफूलर तरकारीको महत्वलाई दर्शाउँदै मानिसर प्रकृतिबीचको तादात्म्यतालाई स्मरण गराउँछ।  

तिउरी प्राकृतिक उपचार  

साउने संक्रान्तिको दिनरातो तिउरी नामको फूलमा चरीअमिलोर भृङ्गीराज नामक वनस्पति मिसाएर पिसेर मसिनो बनाई हातखुट्टामा लगाउने प्रचलनलाई हिलोले खाएका हातखुट्टाको प्राकृतिक उपचारको रूपमा लिन सकिन्छ। तिउरी, चरीअमिलो, मगर काँची, भृङ्गीराज जस्ता वनस्पतिले औषधीय महत्व बोकेका छन्। तिउरी लगाउनुअगाडि हातखुट्टामा तोरीको तेल लगाएर अनि तिउरीलाई मुठीभरि लिएर बाहिरबाट काम्रो बाँध्नेररातभरिमा योरातो हुने गर्दथ्यो। एकातिर हातखुट्टारंग्याउने शृंगारको माध्यमबाट सोचे पनि वास्तवमा जेठदेखि सुरु भएर असारभरिरोपाइँले फुटेकार हिलोले खाएका हातखुट्टालाई, घाउ निस्केका भागमा औषधि गर्नु यसको प्रमुख कारणरहेको मान्नुपर्छ। त्यही प्रचलन अहिले साउनमा मेहेन्दी लगाउने नाममा प्रचलित भएको छ। तिउरीको प्रयोग गाउँघरमा अझै जीवित भए पनि सहरबजारमा यसको नाम पनि नसुनेका मानिस भेटिन सक्छन्। अहिले सहरबजारमा महिलाले प्रयोग गरिने मेहेन्दीको मर्म पनि यही हो, तर यसले प्राकृतिक एवं आयुर्वेदीय औषधिको महत्वभन्दा पनि फेसनको शृंगारमा रूपान्तरण भएको महसुस गर्न सकिन्छ।  

कृषिको महत्व  

कृषि र कृषि उत्पादनविना हाम्रो जीवनको कल्पना पनि गर्न सकिन्न। त्यसैले त हाम्रो प्रमुख ग्रन्थ वेदमा समेत कृषिको महत्वबारे प्रस्ट पारिएको पाइन्छ। संस्कृत भाषाको कृष्र इत् मिलेर कृषि शब्द बनेको हो। जसको अर्थ जमिन जोतिरहनु अर्थात् हल चलिरहनु भन्ने बुझिन्छ। अंग्रेजी भाषाको ‘एग्रिकल्चर’ शब्द ल्याटिन भाषाको ‘एग्रो’र ‘कल्चर’ मिलेर बनेको छ। जसमा ‘एग्रो’को शाब्दिक अर्थ माटोलाई खेती गर्नका निम्ति जोत्नु भन्ने बुझिन्छ भने ‘कल्चर’को अर्थ कला या संस्कृति भन्ने बुझिन्छ। अहिले सहरमा बाढी पस्यो भनेर जुन निराशलाग्दो जीवन देख्नुपरेको छ, त्यसको कारण खेती गरिनुपर्ने जमिनमा घरर महल बनेर नै हो। कृषिप्रधान देश भने पनि बाहिरी मुलुकबाट आयात नगरी वर्षभरि अन्न अनाज पुग्दैन नेपालीलाई तर आफ्ना कृषियोग्य जमिन बाँझा छन्र युवा जनशक्ति कामको खोजीमा तेस्रो मुलुक पलायन भइरहेका छन्। 

मानवद्वारा माटोमा गरिने कला नै ‘कृषि’ अर्थात् ‘एग्रिकल्चर’ हो भनेर जान्दाजान्दै पनि कृषि अहिले मुख्य पेसा नभएर फेसन हो कि भन्ने भान परेको छ। हाम्रो इतिहासलाई, मानव इतिहासलाई फर्केर हेर्ने हो भने पनि कृषि प्राचीनकालदेखि नै जीवन बचाउनका निम्ति मानिसद्वारा अँगालिएको एउटा पेसा मात्र नभएर जीवनको एउटा महत्वपूर्ण अविछिन्न भाग हो। कृषकलाई वेदमा देवतासरह मानिएको छ, जसले अन्न उब्जाएर समस्त पृथ्वीवासीको जीवन बचाएका छन्। बिहान–बेलुकाको छाक टार्नदेखि व्रत, उपासना, धार्मिक कार्य, विवाह, व्रतबन्ध जुनसुकै कर्म कृषि उत्पादनविना सम्भव छैन। जेठदेखि सुरु हुने कृषि कर्म, खेतरोपाइँ, धान उत्पादनको प्रमुख महिना सकेर फुर्सदको महिना साउन कृषि कर्मका हिसाबले महत्वपूर्ण महिना हो। मानव जीवन, मानव स्वास्थ्य, पोषणर सभ्यता हो, कृषि भन्ने मर्मलाई आत्मसात गर्न सिकौँ।

हाम्रो संस्कृतिर आस्था

नयाँ वर्ष सुरु भएदेखि अन्त हुँदासम्म याद गरौँ त प्रत्येक महिना एउटा न एउटा चाडपर्व या मान्यताले भरिपूर्ण छ। यो मान्यता केमा आधारित छ भनेर हेर्‍यौँ भने केन्द्रमा पाउँछौँ– सबैका लागिराम्रो होस्, हामी सबैलाई सुख मिलोस्। ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया ! सर्वे भद्राणि पस्यन्तुःमा काश्चित् दुःख भाग्भवेत्’को अर्थ पनि सबै सुखी होऊन्, सबै निरोगी होऊन्, सबै भद्रर सभ्य होऊन्, कसैलाई पनि दुःख नआओस् भन्ने हुन्छ। यस्ता सर्वकल्याणकारी विचारलाई मन्त्रको रूपमा मात्र प्रार्थना गर्दैनौँ हामी, त्यसलाई व्यावहारिक रूप दिन लागिपर्छौं।

‘परोपकार पुण्याय पापाय परपीडनम्’ अरूको उपकार गर्नु पुण्य कर्म हो भने अरूलाई पीडा दिनु पाप कर्म हो। हाम्रो संस्कारर संस्कृतिको मर्म पनि यही नै हो। आत्मिक ज्ञान, आत्मानुशासनर भौतिक सम्पन्नताको तादात्म्यता जान्न नपाई जीवन उत्तराद्र्धमा पुग्छ, त्यसैले आफ्नो आस्थार संस्कृतिलाई जीवनोपयोगी बनाउने प्रयासलाई निरन्तरता दिनु जरुरी देखिन्छ।

प्रकाशित: २३ श्रावण २०७८ ११:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App