१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

यायोक्खा स्थापना दिवसमा दिपावली

बेलटारमा आयोजित स्थापना दिवसमा दिपावली गर्दै नगरप्रमुख खगेन्द्र राईलगायत यायोक्खा पदाधिकारी। तस्बिरः महेश्वर

किरात राई यायोक्खाको स्थापना दिवसको अवसर पारेर शुक्रबार उदयपुरमा दिपावली गरिएको छ। यायोक्खाको ३४ औं स्थापना दिवसको अवसरमा चौदण्डीगढी नगर प्रारम्भिक कमिटी बेलटारको आयोजनामा दिपावली गर्दै दिवस मनाइएको हो।  

चौदण्डीगढी ७ बेलटारस्थित साकेला परिसरमा नगरप्रमुख खगेन्द्र राई, यायोक्खा नगर अध्यक्ष अञ्जना राई, केन्द्रीय सदस्य गणेश खालिङ, संस्थापक जिल्ला उपाध्यक्ष भीम बान्तवा, नगर कोषाध्यक्ष कौशिला राईलगायतले दिप प्रज्वलन गर्दै दिवस मनाइयो। यायोक्खा बेलटारले नगरपालिकाको वडा नं. ७ स्थित साकेला परिसरमा हरेक वर्ष साकेला उधौली तथा उभौली र बिबिध कार्यक्रम गर्दै आएको छ।  

बेलटारका किराती अगुवाहरु संस्थापक जिल्ला अध्यक्ष कृष्ण चामलिङलगायत बुद्धिजीविहरुको प्रयासमा उदयपुरमा ०४४ सालमा किरात राई यायोक्खाको स्थापना भएको हो। बर्तमान जिल्ला कार्य समिति अध्यक्ष बलधन राईको एक महिनाअघि मात्र असामयिक निधन भएकाले शोकको घडीमा यो वर्षको स्थापना दिवस मनाउनु परेको नगर अध्यक्ष अञ्जना राईले बताईन्। उनका अनुसार संस्थापक अध्यक्ष कृष्ण चामलिङको पनि केही महिनाअघि निधन भईसकेको छ।  

स्थापना दिवसको अवसरमा स्वर्गीय अध्यक्षद्वयको सम्झनामा उनीहरुको आत्माको चीर शान्तिको कामना गर्दै बिपावली गरिएको नगर अध्यक्ष राईले बताईन्। किराती बुद्धिजीविहरु मनकुमार राई, रविन माङफाङ, प्रेमजङ किराती, पिटर रँई, दिपेन चामलिङ, दिवस राई, बुद्धहाङ राईलगायतका सहभागिता रहेको कार्यक्रममा दविंगत अध्यक्षद्वयको आत्माको चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।  

विगत वर्षहरुको स्थापना दिवसमा साकेला नाच, पौराणिक धनुष बाण (आर्चरी) प्रतियोगिता, छेलो खेल, सांस्कृतिक प्रदर्शनी र व्यापार महोत्सवका साथ तामझामका साथ मनाइदै आइएको थियो। तर, यसवर्ष जारी कोविड महामारीका कारण सीमित जमघट र अध्यक्षलाई भर्खरै गुमाउनुपर्दाको पीडाले कार्यक्रम छोटो र सटिक बनाइएको समितिले जनाएको छ। कोविड संक्रमणबाट बँच्न ठूलो जमघट गर्न नहुने भएकाले सुरक्षा सतर्कता अपनाउँदै दिवस मनाइएको कोषाध्यक्ष कौशिला राईले बताईन्।  

यायोक्खा स्थापनाको अवसरमा चौदण्डीगढीकै अन्य बिभिन्न वडाहरु, बेलका नगरपालिका, सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिकाका बिभिन्न वडा, कटारी नगरपालिका, रौतामाई, ताप्ली, लिमचुङबुङ र उदयपुरगढी गाउँपालिकाका बिभिन्न वडा र बस्तीहरुमा पनि बिभिन्न कार्यक्रम गरी दिवस मनाएको छ।

महिना दिनअघि मात्र जिल्ला अध्यक्ष बलधन राईको निधन हुनुले शोकाकुल अवस्थामा रहेको यायोक्खाले दिवंगत आत्मालाई सम्झदै मौन धारण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेको त्रियुगा नगर प्राक गाईघाटले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७८ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App