१३ असार २०८१ बिहीबार
image/svg+xml
कला

नेपाल सरकार

लघुकथा

उमा सिजापती

 

वडा कार्यलयमा वृद्ध – भत्ता र एकल महिलाको भत्ता थाप्नेहरूको भिड थियो। कति वृद्ध – वृद्धाहरूलाई डोरयाउँदै गरेको पनि देखिन्थ्यो। एकल महिलाहरूको भत्ता थाप्नेहरू भर्खरका देखि लिएर उमेर ढल्केका सम्म थिए।

त्यहाँको कर्मचारीले सबैको कार्डअनुसारको नाम बोलाउँदै गयो। सुम्निमा, निरु र वसुन्धराले सजिलैसँग भत्ता पाए तर जयन्तीलाई  भनियो, “तपाईले एकल महिलाको भत्ता पाउन हुन्न।”

– म यो देशको हैन र ? सबैले पाउँदा मैले किन नपाउने?

– तपाईं नेपाल सरकारको अवकाशप्राप्त कर्मचारीको श्रीमती हुनुहुन्छ। त्यसैले  हुँदैन।  

– युके आर्मी र इन्डियन आर्मीको अवकाशप्राप्त श्रीमतीहरूले पाउने। जसको पेन्सिन चालीस– पचास हजार थाप्छन्। मेरो श्रीमान् कार्यलय सहायक। मैले पाउने सात हजार। धन्य नेपाल सरकार!

प्रकाशित: १७ श्रावण २०७८ ०६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App