१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

इन्द्रेनीको जामा

लक्ष्मी उप्रेती

 

झलमल घामसँगै पानी प¥यो झमझम,

घामपानीको रमाइलोमा मनै नाच्यो छमछम।

 

घामपानीमा खेलौँ साथी नाच्नै गाउँदै मिली,

आकाश पनि रंगीन भयोे कस्तो झिलिमिली।

 

आकाशमा धेरै रङ्गको लहर लाग्यो आमा,

छोरी त्यो इन्द्रेनी हो आकाशले लाउने जामा।

 

इन्द्रेनीको जामा राम्रो कति रङ्ग छन् आमा,

सात रङ्गको लहर हुन्छन् इन्द्रेनीको जामा।

 

तिमीसँग खेल्दै हामी रमाउँछौ साथी,

तिम्रो रंगमा रमाउँदै पुग्छौँ हामीमाथि।

प्रकाशित: ८ श्रावण २०७८ ०५:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App