१२ भाद्र २०८१ बुधबार
image/svg+xml
कला

लेडी एक्सनले भरिएको 'हँसिया'

काठमाडौं– अभिनेता राजेश हमालले फिल्म 'हँसिया'लाई मनोरञ्जनको प्याकेजका रुपमा चिनाए। आइतबार फिल्मको गीति एल्बम विमोचनमा बोल्दै उनले मनोरञ्जनका खुराक प्रशस्त रहेको सुनाए। सञ्चारकर्मीलाई करिब एक घन्टा कुराएका उनले भने, 'फिल्मलाई लिएर म साह्रै उत्साही छु। यतिका मेहनत गरेर नेपालमा कमै फिल्म बन्छन्। संगीत, फाइट सबै कुरा उत्कृष्ट छ। सानो बजार छ भन्ने जान्दाजान्दै पनि निर्माण समूहले जसरी फिल्म बनाउनुभएको छ त्यो सह्रानीय छ।'
हमालले फिल्ममा १३७ जना फाइटरसँग फाइट खेलेकी हेमाको पनि प्रशंसा गर्न भ्याए। 'हेमाजी एक्सनमा पोख्त हुनुहुँदो रहेछ। निकै राम्रो काम गर्नु भएको छ,' हमालले भने।
जेठ ९ लाई सार्वजनिक प्रदर्शनको मिति तोकेको फिल्मले आइतबार प्रचारप्रसार थालेको हो। एल्बम विमोचनमा कलाकारहरु अनुपविक्रम शाही, रुबी राणा, राजेशपायल राई, सुवानी मोक्तान समेत सहभागी भए। 
कल्याण सिंहको संगीत रहेको फिल्ममा चार गीत छन्। तीनमा सुवानीको स्वर रहेको छ भने एकमा राजेशपायलको स्वर समेटिएको छ। 
फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन्। म्युजिक भिडियोको लामो अनुभवपछि फिल्म निर्देशनमा उत्रिएका उनले 'हँसिया'लाई फरक धारको दाबी गरे। 
'यो नारीप्रधान फिल्म हो। लेडिज एक्सन यसको विशेषता हो। फिल्मलाई राम्रो बनाउन कुनै कम्प्रोमाइज गरेको छैन,' चाम्सले भने। फिल्मलाई ९३ दिन लगाएर खिचिएको पनि उनले जानकारी गराए।
तेक्वान्दोकी थर्ड डन हेमाले द्विविधाका बीच फिल्म सुटिङ सुरु गरे पनि सुटिङसँगै सहज महसुस हुँदै गरेको अनुभव सुनाइन्। 'मिलन दाइले फिल्म खेल्न अफर गर्दा सक्दिनँ होलाजस्तो लागेको थियो। तर टिमका सबै सदस्यको सहयोगले डर हट्दै गयो,' हेमाले भनिन्।
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा दुर्गा घले निर्माता रहेको फिल्म 'हँसिया' अप्रिल २७ मा हङकङ र अप्रिल ३० मा लन्डनमा प्रिमियर गर्ने तय भएको छ।

प्रकाशित: १० चैत्र २०७० ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App