५ असार २०८१ बुधबार
image/svg+xml
कला

माया गर्ने मान्छेको लर्को यहीँ छ

मुक्तक

सूर्यप्रसाद लाकोजू

          १)

माया गर्ने मान्छेको लर्को यहीँ छ ,

गाली गर्ने मान्छेको झर्को यहीँ  छ।  

लर्को, झर्को र फर्को बीचोबीच

फाइदा उठाउने दुष्ट अर्को यहीँ छ।

              २)

तिम्रो माया मेरो लागि जिन्दगीको न्यानो घाम,

अर्को मेरो नाम छैन तिम्रैबाट हो मेरो नाम।

तिमीमै म हराएर काट्न चाहन्छु जिन्दगी यो,

तिमी नै हौ कृष्ण अनि  तिमी नै हौ मेरो राम।

            ३)

तिमी किन कुतर्क गर्छौ?

मान्छेलाई नि कनिका छर्छौ।

विवेकलाई बन्धकी राखेर,

मान्छेको नजरबाट किन झर्छौ? 

             ४)

मान्छेको मनलाई चिरा पार्ने वचन हान्छौ,

सुख होइन दुःख दिने विषय मात्र छान्छौ।

कुभलो अरूको सोचेरै चलेको छ जीवन,

खानामा विष मिसाई आफू तिमी के खान्छौ?

            ५)

मिठामिठा कुरा गरी मेरो दिलमा बस्यौ तिमी,  

इज्जतमाथि धावा बोल्न मेरै घर पस्यौ तिमी।

बाठो तीन बल्ड्याङ लड्छ यो कुरा बुझेनौ,  

शकुनिका मामा ठान्यौ आफ्नै जालमा फस्यौ तिमी।

प्रकाशित: २७ असार २०७८ ०६:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App