१२ असार २०८१ बुधबार
image/svg+xml
कला

वृद्ध बाआमा

कविता

वसन्त गुरुङ

 

प्राक्सिस इन्टरनेशनल एकेडेमी चुच्चेपाटी, काठमाडौं।  

 

जेष्ठ नागरिक उनीहरूको नाम

सक्दैनन् उनीहरू गर्नलाई काम  

गर्नुपर्छ हामीले उनीहरूलाई सम्मान

कमाउन पनि सक्दैनन् दाम।

 

नगर्नु उनीहरूलाई तिरस्कार  

नगर्नु उनीहरूलाई दुव्र्यवहार  

वृद्धाश्रमको सट्टा राख्नुपर्छ घरमा  

बस्छन् उनीहरू हामै्र भरमा ।

 

कमजोर भए पनि उनीहरूको तन

सफा रहन्छन् उनीहरूको मन

ढल्किजान्छ हाम्रो पनि उमेर  

त्यसैले राम्रो नजरले उनीहरूलाई हेर।

 

हेरचाह गर्नुपर्छ सबैजना मिली  

उनीहरूसँग बोल्दा बोलौँ मिठो बोली  

गरौँ सबै मिली उनीहरूलाई माया  

देखाऔँ सबै मिली उनीहरूप्रति दया।

 

सधैँ दिनुपर्छ उनीहरूको साथ  

झुक्न दिनु हुन्न उनीहरूको माथ

लिऔँ उनीहरूबाट ज्ञान  

ज्ञानले नै गर्दा छ आज विज्ञान।

 

हनन गर्नु हुन्न उनीहरूको अधिकार  

कहिल्यै पनि नसोच्नु उनीहरूलाई बेकार

उनीहरू पनि हुन नेपालको जनता  

आफ्नै घरमा बस्न नपाए कता जानु अन्त।

प्रकाशित: १० असार २०७८ १२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App