भारतीय गायिका श्रेया घोषाल आमा बनेकी छन्। ३७ बर्षीया गायिकाले शनिबार छोरालाई जन्म दिएकी हुन् । गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन्।
श्रेयाले लेखेकी छन् ‘भगवानले आज बेबी ब्वाइको रुपमा महत्वपूर्ण आर्शिवाद दिनु भएको छ। अहिलेको जुन भावना छ त्यो पहिले कहिलै महसुस भएको थिएन।’ घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन्।
घोषाल र शिलादित्यको बिवाह सन् २०१५ मा भएको थियो।
प्रकाशित: ९ जेष्ठ २०७८ ०६:४३ आइतबार