१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

कोरोनाले विन्दास हुन पाइएन

हार्दिक न्यौपाने 

कोरोनाले विन्दास हुन पाइएन । किनभन्दाखेरि मेरा मामुबाबा पहिल्यैदेखि विरामी भैराख्नुभएको थियो।

कोरोनाले मामुसंग भेट्न पाएको छैन । चाइनिजले गर्दा कोरोना आयो । कोरोनाले गर्दा रिस उठेको छ । मैंले देख्ने भए म एक मुड्की हानेर लडाइदिन्थे । कोरोनाले गर्दा देश नै कहाँ पुग्छ कहाँ पुग्छ जस्तो लागेको छ । पहिला झन् प्रदूषणले मान्छे बढेका थिए । अहिले झन् धेरै मरे।

नेपाली लापरबाह मान्छे । यस्तो बेलामा पनि लखरलखर हिंड्छन्। कोरोनाले गर्दा घरमा बोल्न पाइएको छैन । खेलौना भन्ठान्छन्।

पहिला मास्क नलाई विन्दास हुन पाइन्थ्यो । अहिले मास्क लायो । मुख दुखायो । पहिला मान्छे भेट्न पाइन्थ्यो । अहिले त मान्छे पनि भेट्न पाइँदैन।

यो कोरोना त खटारा नै हो । यो कोराना सानु छ, त्यही भएर हो नत्र योसँग यस्तो फाइट गर्थे कि सबै खोलातिर जान्थे । म मुड्कीले हिर्काएर सिध्याइदिन्थे देखेको भए । देखिँदैन यो।

कोरोनाले खेलौना किन्न पाएको छैन । घरमा पैसा आउँदैन । मेरो भिनाजु कोरोनाबाट आउन पाउनु भएको छैन कोरियाबाट । दिदी सिन्धुपाल्चोकबाट आउन सक्नु भएको छैन।

यता हेर्यो यतै सिकार भएको छ । उता हेर्यो उतै कोरोनाको सिकार । पछाडि हेर्यो सिकार । अगाडि हेर्यो सिकार । राइट हर्यो कोरोनाकै सिकार । लेफ्ट हेर्यो त्यसैको सिकार । यस्तो महामारी चल्दा पनि सबै जना लापरबाही छ।

यो कोरोनाले गर्दा कति मान्छेले खान पाएका छैनन् । मैंले खेलौना किन्न पाइन । चुम्बक किन्नु थ्यो खेलौना बनाउन । सुगा किन्नु थ्यो ।  कोरोनाले गर्दा केही गर्न पाइएन । यो कोराना नभएको भए लकडाउन हुँदैनथ्यो । यो कोरोनाले गर्दा अमिरसंग पनि पैसा छैन । सय रुपैयाँ भयो भने पनि कति पैसा भयो भनेर खुसी हुन्छन् । एक रुपैयाँ भेटे पनि खुसी हुन्छन् होला अहिले त अमिर पनि । पैसा भए पो । मेरो बाबासंग पनि पैसा छैन।

मैंले ममी भेट्न पाइन । बाबा पनि भेट्न पाइन । बाबालाई पनि रुघा लाग्यो । बाबालाई धन्न नेगेटिभ रैछ । बाबासँग आरामले भेट्न पाइयो । बाबालाई पनि एक हप्तै भेट्न पाइन। मेरो कोठामा सुत्न पनि पाइन । क्या टेन्सन भको छ । म भन्न पो भन्दिन त । भित्रभित्र त कति कुरा सोच्छु । कति टेन्सन भको छ।

अहिले कति मान्छे मरे । पहिला बुढो भएर मर्थे कि क्यान्सर भएर मर्थे । अहिले बुढो भएर मात्र कहा“ मरेका छन् ? मान्छे मरेको देख्दा क्या टेक्नसन भको छ।

२०२० को कोरोना पचाउन सकिने थियो । तर २०२१ कोरोना पचाउन नसकिने रहेछ । २०२० मा लागेको कोरोना १४ या १५ दिनमा ठिक हुन्थ्यो । अहिलेको कोरोना कति दिनमा ठिक हुने हो ? मामुलाई अझै ठिक भएको छैन । २०२० को भए पनि २०२१ को कोरोना भए पनि मलाई उस्तै हो । मलाई २०२० कोरोनाको पनि रिस छ। २०२१ को कोरोनाको पनि रिस छ । दुवैलाई मुड्की नै मुड्कीले हिर्काइदिऊँ जस्तो लागेको छ । कोही बेला लाग्छ कम्फु सिकेर ध्वस्त पारिदिऊँ । करा“ते सिकेर उडाइदिऊँ। तर के गर्नु ? देखिँदैन । साँच्चि भन्नु पर्दा कोरोनाबाट विन्दास हुन पाइएन। धन्यवाद ! 

कक्षा – २,

अक्षरा स्कुल, का“डाघारी, काठमाडौं।

प्रकाशित: ६ जेष्ठ २०७८ ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App