बलिउड अभिनेता अर्जुन रामपालले लामो समयदेखि रहेकी प्रेमिका ग्याब्रिएला डेमेट्रियड्ससँग विवाह गरेका छन्। उनीहरूले शुक्रबार गोवामा विवाह दर्ता गराएका हुन्।
भारतीय मिडिया अनुसार विवाहमा उनीहरूका केही नजिकका साथीहरू मात्र उपस्थित थिए। स्थानीय कानुनअनुसार पहिलो र दोस्रो हस्ताक्षरबीच १५ दिनको प्रतीक्षा अवधि अनिवार्य हुन्छ। उक्त अवधि माफ गराउन दुवैले स्थानीय अदालतका सहायक सरकारी वकिलबाट विशेष अनुमति लिएका थिए।
सब–रजिस्ट्रार सूरज वर्नेकरका अनुसार विवाह गोवाको समान नागरिक संहिता (युनिफर्म सिभिल कोड) अन्तर्गत दर्ता गरिएको हो। दुवै यस अवसरमा सामान्य तथा क्याजुअल पोसाकमा देखिए।
अर्जुन आफ्नो पहिलो विवाहबाट छुटिएपछि २०१८ देखि माग्याब्रिएलासँग प्रेम सम्बन्ध थिए। माग्याब्रिएला दक्षिण अफ्रिकी मोडल, फेसन डिजाइनर तथा उद्यमी समेत हुन्।
विवाहभन्दा सात वर्षअघि अर्थात् सन् २०१९ मा अर्जुन र ग्याब्रिएलाको पहिलो छोरा एरिकको जन्म भएको थियो। त्यसको चार वर्षपछि उनीहरूको दोस्रो छोरा एरिवको जन्म भयो। सन् २०२५ मा अर्जुनले ग्याब्रिएलासँग आफ्नो इन्गेजमेन्ट भएको जानकारी दिएका थिए।
अर्जुन रामपाल ५३ वर्षका छन् भने ग्याब्रिएला ३९ वर्षकी छन्। दुवैबीच १४ वर्षको उमेर अन्तर छ।
दुई सन्तान भएपछि पनि विवाह नगर्नुको कारण अर्जुनले आफु विवाहको विरोधि नरहेको स्पष्ट पार्दै एक अन्तर्वार्तामा स्पष्ट पारेका थिए, आफूहरूबीचको सम्बन्ध निकै स्वाभाविक रहेको र त्यसबारे धेरै कुरा गर्न नचाहेको बताएका थिए। उनका अनुसार दुवैको मनमा एकअर्कासँग विवाह भइसकेको भावना थियो र उनीहरू एकअर्कालाई सही दिशामा अघि बढ्न सहयोग गरिरहेका थिए।
अर्जुन रामपालको पहिलो विवाह पूर्वसुपरमोडल मेहर जेसियासँग सन् १९९८ मा भएको थियो। यस विवाहबाट उनीहरूका दुई छोरी माहिका र मायरा छन्।
करिब २० वर्ष सँगै रहेपछि उनीहरूले मे २०१८ मा अलग हुने घोषणा गरेका थिए। त्यसपछि नोभेम्बर २०१९ मा उनीहरूको सम्बन्धविच्छेद भएको थियो।
मेहर जेसियाले सन् १९८६ मा फेमिना मिस इन्डिया युनिभर्सको उपाधि जितेकी थिइन्।
प्रकाशित: ६ भाद्र २०८३ ११:२२ शनिबार





