११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला

‘सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !’

सरकार !

तेरो पानीजहाज लैजा

चुच्चे रेल लैजा  

तेरो स्मार्ट–सिटी लैजा

समृद्धिको भेल लैजा

तेरो उद्घाटन लैजा, शिलान्यास लैजा

पाइपबाट घरघरमा ल्याएको ग्यास लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा

मेरी आमाको तिलहरी लैजा

 

सरकार !

यी सबैको बदलामा तैंले

मलाई एक सिलिन्डर अक्सिजन दे !

 

यो कविता कवि अर्जुन पराजुलीको फेसबुकबाट साभार गरिएको हो । 

प्रकाशित: २९ वैशाख २०७८ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App