सोनाम सज्जन किराँती
विश्व यतिबेला
कोरोनाविरुद्ध
ब्याटलमा छ
अभाव झेल्दै
अगाडि बढेको छ
जिन्दगीको हाम्रो जहाज
यहाँसम्म त आको छ
अब कस्तो कसरत गर्नुपर्ने हो
कस्तो अप्ठ्यारो झेल्नुपर्ने हो
झन्झटहरू थपिदिएको छ
कोरोना तिम्रो हालखबरले
दुनियाँ विह्वल छ
चिपचिप पसीना छुटिरहेछ
उत्साहित मुहारहरू फुस्रो भइरहेछ
आँकडा यकिन हुन सकेको छैन
मृत्युुहरूको विजय सुरु भइसकेको छ
तिम्रो पराजय गन्ती गर्न ढिलाइ भइरहेछ
विश्व अर्थतन्त्र कुम्ल्याउने
मालिकहरू थला पर्दै छ
औषधि कम्पनीहरू उकालो लाग्दै छ
जो सरकारहरु ओरालो झरेपछि
कोराना र औषधि मालिक बिच
बार्गेनिङ सुरु भइसकेकोे छ
कस्ले कति भ्याक्सिन खरिद गर्ने
कति निर्माण गर्ने
कोरोना तिम्रै कारण
यस्ता बहस भइरहेछ
तिमीलाई तह लगाउन धुमधाम
राष्ट्रहरू लकडाउनमा छ
तिम्रो अपराजयमा
दोस्रो भेरियन सुरु भइसकेको छ
यसपछि तेस्रो र चौथोमा प्रवेश गर्नेछौ
अवश्य मेडिसिनहरू तिम्रो कमजोरी पत्ता लगाउन
तिमीलाई थला पार्न
र क्रमशः सिध्याउन
हमेसा लागेको दिन
फेला पारेको दिन खोजिरहेछन्
जब तिम्रो अपराजय भत्किन्छ
सायद त्यसदिन त्यो फुस्रो मुहार चम्किलो हुनेछ
उदांगो त्रास मेटिने छ।
प्रकाशित: २६ वैशाख २०७८ १२:२२ आइतबार