१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

आमिरलाई सलमान फाइदाजनक

मुम्बई– बलिउडका स्टार आमिर खान र सलमान खानको सम्बन्ध सुमधुर छ। सलमानको कुनै पनि क्रियाकलापले आफुलाई फाइदा नै पुग्ने आमिर बताउँछन्। सलमान आफ्नो फिल्म 'जय हो'को ट्रेलर आगामी डिसेम्बर २० मा रिलिज हुन लागेको आमिरको फिल्म 'धुम ३'कै छेउछाउ रिलिज गर्न खोज्दैछन्।

'जय हो'को ट्रेलरले 'धुम ३'लाई असर गर्छ कि गर्दैन भन्ने प्रश्नमा आमिरले भनेका छन्, 'सलमान प्रिय मित्र हुन् र उनले जे गरे पनि हामीलाई सहयोग हुनेछ।'

आमिरको पछिल्लो फिल्म 'तलाश'ले बक्स अफिसमा 'गजिनी' र 'थ्रि इडियट्स'ले जस्तो चमत्कार देखाउन सकेको थिएन। यशराज फिल्मस्को 'धुम ३'को बक्स अफिस कलेक्सनबारे सोधिएको प्रश्नमा आमिरले भने, 'मेरो उद्देश्य कुनै पनि रेकर्ड तोड्नु होइन। मेरो लागि महत्वपूर्ण कुरा, दर्शकले फिल्म मन पराउनुपर्छ भन्ने हो, यसले मनोरञ्जन र सन्तुष्टि दिनुपर्छ, बक्स अफिसको हिसाबकिताबले त्यति फरक पार्दैन।'

मार्केटिङ गुरुका रुपमा चिनिने आमिरले फिल्म 'धुम ३'को प्रवर्दन योजनाबारे केही बताएनन्, 'हामीसँग त्यस्तो कुनै स्ट्राटेजी छैन, हेरौं के हुन्छ।' विजयकृष्ण आचार्यद्वारा निर्देशित फिल्म 'धुम ३'मा अभिषेक बच्चन, क्याट्रिना कैफ र उदय चोपडाको पनि अभिनय छ।

प्रकाशित: १४ कार्तिक २०७० २३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App