१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

प्रियंकाको तेस्रो गीत डिसेम्बरमा

मुम्बई– केही महिनाअघि अंग्रेजी गीत 'इन माई सिटी' रिलिज गरेर गायिका बनेकी प्रियंकाले आफ्नो तेस्रो गीत आउँदो डिसेम्बरमा रिलिज हुने बताएकी छिन् । 'हामी अहिले मेरो तेस्रो सिंगल गीतमा काम गर्दैछौं, आउँदो डिसेम्बरसम्म रिलिज हुनेछ, मेरो स्वर रेकर्ड भइसकेको छ, अब प्रोडक्सनको काम हुँदैछ,' ३१ वर्षे प्रियंकाले दोस्रो गीत 'एक्सोटिक'को सफलताको खुसियाली मनाउँदै भनिन्।उनले अमेरिकी गायक विल आईएमसँग मिलेर 'इन माई सिटी' गाएकी थिइन् भने 'एक्सोटिक'मा उनले अमेरिकी ¥यापर पिटबुलसँग सहकार्य गरेकी छिन् । 'तेस्रो गीतमा कोलाब्रेसन हुनेछ कि छैन, भन्न सकिन्न, त्यो सबै पछि गीत सुनेर थाहा हुनेछ,' प्रियंकाले भनिन् । जुलाई ९ मा सार्वजनिक 'एक्सोटिक' गीत भारतको आईट्युन्स चार्टको पहिलो नम्बरमा पर्न सफल भएको थियो ।

प्रकाशित: १० कार्तिक २०७० ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App