१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला

नेपालमा के गर्दैछिन् मिस अष्ट्रेलिया?

काठमाडौं– अस्ट्रेलियन शिक्षाको प्रवद्र्धन गर्न मिस वल्र्ड अस्ट्रेलिया तथा मिस वल्र्ड ओसेनिया २०१३ की विजेता एरिन हल्यान्ड नेपाल आएकी छिन्। नेपालमा रहुन्जेल उनले अस्ट्रेलियाली शिक्षाको प्रचारप्रसार गर्नुका साथै औपचारिक तथा अनौपचारिक विभिन्न कार्यक्रममा भाग लिनेछिन्।अस्ट्रेलिया एडुकेसन र करियर कन्सल्ट्यान्टको ब्रान्ड एम्ब्यासडर समेत रहेकी एरिन नेपाल हस्पिट्यालिटी ग्रुपको निम्तोमा नेपाल आएकी हुन् । पिछडिएका वर्ग र समुदायको आर्थिक सामाजिक रुपान्तरणमा काम गर्न इच्छुक उनी गत शुक्रबार काठमाडौं आएकी हुन् ।

मेलबोर्नमा नेपालिज एसोसिएसन अफ भिक्टोरियाले यस वर्ष तीजको अवसरमा गरेको कार्यक्रममा सहभागी भई उनले नेपाली पहिरन लगाएकी थिइन् । आफूले आर्जन गरेको ज्ञान र अनुभवलाई नेपाली संस्कृति र पर्यटनको प्रवद्र्धनमा उपयोग गर्ने आश्वासन उनले दिएकी छिन् ।

प्रकाशित: ७ कार्तिक २०७० ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App