२२ भाद्र २०८१ शनिबार
image/svg+xml
कला

गायिका उर्मिला लाम्गादेको ‘माया बैगुनी’ सार्वजनिक

गायिका उर्मिला लाम्गादेले नयाँ गीत सार्वजनिक गरेकी छन् ।  केहि महिना अघि गायक यम बरालसंगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा बटुलेकी गायिका लाम्गादेले कोशेली ‘माया बैगुनी’ बोलको गीत सार्वजनिक गरेकी हुन्।  

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ।  गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।  

पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन्। भिडियोमा गायिका लाम्गादे र अभिनेता दिलिप रायमाझी  बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।  

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ । 

प्रकाशित: १३ वैशाख २०७८ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App