१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सुनौलो जीवन

कविता

गुलाफको फूल जस्तो हो मानिसको यो जिन्दगी,

सही कामका लागि मोती बराबर हुन्छ जिन्दगी।

 

सही काम गरे अति उत्तम अमृत हो जिन्दगी,

नराम्रो व्यवहार गरे गनाउने हिलो हो जिन्दगी।

 

सधैं राम्रो व्यवहार गरी अघि बढ्ने सोच बनाऊ,

डाह ,हिंसा, हत्या जस्तो व्यभिचारी क्रोध हटाऊ।

 

आफ्नै कर्ममा दृढता बढाई अघि बढ्नु हो जिन्दगी,

जहिल्यै सबैमा कल्याण नै चाहनु हो जिन्दगी ।

 

अरूको कुभलो सोच गर्नु नै बेकार हो  जिन्दगी,

सकारात्मक सोच बनाई अघि बढ्नु हो जिन्दगी।

 

एक अर्कामा हातमा हात मिलाई साथ दिने गर,

आफन्त,नाता, साथीहरूलाई एक हौ भन्ने गर।

 

अमूल्य  हो मानव चोला आउँदैन फेरि फर्केर,

त्यसै खेर नफालौ सुनौलो जीवन बाँचौ है रमेर।

प्रकाशित: २३ चैत्र २०७७ ०७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App