२६ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अभिनेता सोनु सुद देशकै ठूलो 'सोनु फर यू' नामक ब्लड बैंक बनाउँदै

बलिउड अभिनेता सोनु सुदले कोरोना भाइरस महामारीको समयमा धेरै सामाजिक सेवाहरु गरे र उनको सबैतिरबाट प्रशंसा समेत भएको थियो। उनको यो अभियान विभिन्न रूपमा जारी छ। यद्यपी उनल सामाजिक कार्यलाई रोकेका छैनन्। उनले विभिन्न तरिकाले सहयोगको अपिल गरेकाहरुलाई सहयोग गरिरहेका छन्।  

अब भने सोनुले देशको सबैभन्दा ठूलो ब्लड बैंक निर्माण गर्ने योजना तयार गरिसकेका छन्, जुन उनले एक भिडियो मार्फत सामाजिक सञ्जालमा खुलासा गरेका छन्। यस योजनाको उद्देश्य रक्तदान गर्नेहरुलाई रगतको आवश्यक परेका बिरामीसंग जोड्नु हो। उनले शेयर गरेको भिडियोमा भनिएको छ, 'प्रत्येक दिन १२ हजार मानिस रगत नपाएको कारण मरिरहेका छन्। तपाईंको बीस मिनेटले कसैको जीवन बचाउन सक्छ। कसैको जीवन बचाउन तपाई डाक्टर हुनुपर्दैन।' उनले यो भिडियोमार्फत रक्तदानको लागि अपील गरेका छन्। साथै भिडियोको साथ लेखिएको छ, 'जीवन बचाउनुहोस्। तपाईंको आफ्नै ब्लड बैंक चाँडै आउँदैछ।'

समाचार एजेन्सी आईएएनएसका अनुसार उनले 'सोनु फर यू' नामक एप सुरु गर्नेछन् जसले ब्लडको आवश्यक परेकाहरूलाई जोड्न मद्दत गर्नेछ। यो अनुप्रयोगको माध्यमबाट रगत चाहिने व्यक्तिले रक्तदातालाई सम्पर्क गर्दछ र अनुरोध पाउने बित्तिकै दाता अस्पतालमा जानेछ र तुरुन्त रक्तदान गर्न सक्नेछ। यस ब्लड बैंकको माध्यमबाट दुर्लभ ब्लड समूहहरूको रगतको उपलब्धता पनि सुनिश्चित गरिनेछ।

प्रकाशित: २० फाल्गुन २०७७ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App